प्रदेश २ सरकारको पहिलो पञ्चवर्षीय योजना : आर्थिक वृद्धिदर ११ प्रतिशत पु-याउने लक्ष्य
जनकपुरधाम, पुस २४
प्रदेश नम्बर २ को सरकारले पहिलो पञ्चवर्षीय आवधिक योजनाको आधारपत्र २०७६ सार्वजनिक गरेको छ । बुधबार मुख्यमन्त्री लालबाबु राउतले पहिलो पञ्चवर्षीय आवधिक योजना सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री राउतले आवधिक योजनाको आधारपत्रलाई टेकेर योजनाहरू ल्याउने प्रतिबद्धता व्यक्त गरे । प्रदेश नीति आयोगका अध्यक्षसमेत रहेका मुख्यमन्त्री राउतले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि आवधिक योजनाको आधारपत्रलाई टेकेर योजनाहरू समावेश गर्ने बताए ।
नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले आउँदो पाँच वर्षपछि प्रादेशिक आर्थिक वृद्धिदर ११ प्रतिशत पु-याउने लक्ष्य प्रदेश सरकारको रहेको बताए । प्रदेश नम्बर २ को आर्थिक वृद्धि दर छ दशमलव ५३ बाट आउँदो ५ वर्षमा ११ प्रतिशत पुग्ने लक्ष्य हासिल गर्ने उद्देश्य रहेको उनले बताए । प्रदेश सरकारले २७ दशमलव सात प्रतिशत रहेको गरिबी दर घटाएर २१ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।
प्रदेशको कुल गार्हस्थ्य उत्पादन चार सय ८८ अर्बबाट छ सय अर्ब पु-याउने लक्ष्य लिएको उपाध्यक्ष डा. झाले बताए । आगामी ५ वर्षमा प्रदेशको प्रतिव्यक्ति आय एक हजार अमेरिकी डलर पु-याउने लक्ष्य प्रदेश सरकारले लिएको छ । पत्रकार सम्मेलनमा प्रमुख सचिव रामकृष्ण सुवेदी, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झालगायतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया