Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधआठौँ सेट साइकल -याली क्यान्सरविरुद्धको यात्रा

आठौँ सेट साइकल -याली क्यान्सरविरुद्धको यात्रा


काठमाडौं ।
सेट काउन्सिल, सेन्ट जेभियर्स कलेजको आयोजनामा शनिबार आठौँ सेट साइकल -याली क्यान्सरविरुद्धको यात्रा आयोजना हुने भएको छ । लामो समयदेखि वार्षिक रुपमा हुँदै आइरहेको यो कार्यक्रमको मुख्य उद्देश्य स्तन र ग्रिवा क्यान्सरबारे जनचेतना फैलाउने र क्यान्सर रोगीको सक्दो मद्दत गर्नु रहेको बताइएको छ ।

कलेजका विद्यार्थीद्वारा आयोजित यस कार्यक्रमबाट हुने आर्थिक लाभ रिचा बझिमाया फाउन्डेसनको माध्यमबाट स्तन र ग्रिवा क्यान्सरसँग लडिरहेका मानिसको उपचार खर्चमा प्रयोग गरिने बताइएको छ । -यालीमा विद्यालय तहका विधार्थीदेखि समाजसेवी, राष्ट्र निर्माणमा लागेका व्यक्तिहरु, व्यापारी, शिक्षक, कलाकार र समाजका विविध क्षेत्रमा लागेका मानिसहरुको सहभागिता जनाउँदै आएका छन् ।

माइतीघरबाट खरिबोट, लुभु हुँदै फेरि घुमेर फेरि सेन्ट जेभियर्ससम्म साईकल यात्रा हुने छ । कार्यक्रममा जलपान, प्रमाणपत्र, टिसर्ट, साइकल हायरिङ व्यवस्थालगायत कोभिड सतर्कता र नियमको पूर्णरुपमा पालना गरिने बताइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया