Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधराष्ट्रिय व्यवसायी महासंघको राष्ट्रिय महाधिवेशन चैत ७ गते

राष्ट्रिय व्यवसायी महासंघको राष्ट्रिय महाधिवेशन चैत ७ गते


काठमाडौं ।
निजी क्षेत्रको छाता संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन आगामी चैत ७ गते हुने भएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस्तै चैत ८ गते हुने निर्वाचनले महासंघको भावी नेतृत्व समेत चयन गर्नेछ । महासंघले देशभरका सबैखाले साना तथा मझौला उद्योगी व्यवसायीहरुको हितका लागि काम गर्दैआएको छ ।

कोरोना महामारीको त्रासमा बन्द रहेका सटरहरु खुलाउन, चिनियाँ नाकामा देखिएका समस्याहरु सुल्झाउन, राज्यका तर्फबाट असहज नीतिहरु बनाइदा उद्योगी व्यवसायीहरुको हितमा आवाज बुलन्द गर्नेजस्ता कार्यहरुमा महासंघले सधै अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेल्दै आएको महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए । बैंक तथा वित्तीय संस्थाहरुले लिने ऋणको ब्याजदरको समस्या तथा घरबहालमा देखिएका समस्याहरु समाधान गर्नका लागि पनि महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उनले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया