Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनेपाल फ्रान्स बिजनेस फोरम बैठक आयोजना गर्ने

नेपाल फ्रान्स बिजनेस फोरम बैठक आयोजना गर्ने


काठमाडौं ।
आगामी जुन महिनाअघि नेपाल फ्रान्स बिजनेस फोरम बैठक आयोजना गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सका राजदूत फंस्वा–जाभिए लेजेबीच बिहीबार भएको भेटवार्तामा नेपाल फ्रान्स बिजनेस फोरम बैठक आयोजना गर्ने र उक्त बैठकमा महासंघका तर्फबाट कोभिडपश्चात् नेपालको आर्थिक अवस्था र नेपालमा लगानी सम्भाव्यता विषयमा विस्तृत प्रस्तुति गर्ने सहमति भएको हो ।

साथै भेटमा नेपाल र फ्रान्सबीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, आर्थिक सहकार्यका विविध विषयमा छलफल भएको महासंघले जनाएको छ । भेटवार्तामा अध्यक्ष गोल्छाले नेपाल फ्रान्सबीच आपसी सहकार्यका क्षेत्रहरूको सम्भाव्यता अध्ययन गरी त्यस्ता क्षेत्रमा लगानी एवं सहकार्यको लागि आग्रह गरे । कोभिडपछि नेपालको अर्थतन्त्रले निकै छिट्टै लय समाउन थालेको जानकारी गराउँदै उनले दुवै देशका निजी क्षेत्रबीच सम्पर्क विस्तारमार्फत नेपालमा फ्रान्सेली लगानी अभिवृद्धि, व्यापार विस्तारमा जोड दिए । यसका लागि कूटनीतिक सहयोग महत्वपूर्ण हुने उनको भनाइ थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया