सुबास बस्नेत
दोलखा, पुस २४
दोलखा उच्च ठाउँमा रहेको कालिञ्चोकको केबलकारमा यात्रा गर्ने यात्रुको संख्या खासै वृद्धि नभएको पाइएको छ । पछिल्लो समय कालिञ्चोक मन्दिरमा दैनिक दुई हजार पाँच सय पर्यटक पुग्ने गरेका छन् । केबलकारको प्रयोग भने दैनिक करिब पाँच सय जनाले मात्रै गर्ने गरेका छन् । दुई हजारभन्दा बढी नागरिक पैदल यात्रा गरेर नै कुरीदेखि कालिञ्चोक मन्दिरसम्म जाने गरेका छन् ।
कालिञ्चोक केबलकार प्रालिले सातामा दुई दिन ४० प्रतिशत छुट दिए पनि पर्यटकले पैदलयात्रा रुचाएका हुन् । भ्रमण वर्षको पहिलो दिन गत बुधबार दोलखाको कालिञ्चोकमा आठ सय नागरिकले केबलकारको यात्रा गरेका थिए भने एक हजार पाँच सय नागरिकले हिँडेर नै यात्रा गरेका थिए । त्यसैगरी बिहीबार र शुक्रबार करिब दुई हजार पर्यटकले केबलकारको यात्रा गरेर कालिञ्चोक भगवती मन्दिरको दर्शन गरेको केबलकार सञ्चालक समितिले जनाएको छ । सोसँगै दुई दिनमा करिब छ हजार नागरिकले पैदल यात्रा गरेका थिए ।
त्यसैगरी बाँकी चार दिनको अवधिमा करिब तीन हजार पाँच सय नागरिकले केबलकार चढेर मन्दिर पुगेका छन् । १५ हजार नागरिकले पैदल हिँडेर मन्दिरमा दर्शन गरेका छन् । जनवरी १ तारिख छिमेकी देश भारतका तीन सय ९० जना पर्यटकले केबलकारको यात्रा गरेका छन् भने सामान्य रूपमा अन्य देशका नागरिकले पनि फाट्टफुट्ट रूपमा यात्रा गरेको कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले जानकारी दिए । उनका अनुसार भ्रमण वर्ष सुरु भएपछि केबलकार प्रालिले सातामा दुई दिन यात्रुको टिकटमा ४० प्रतिशतले छुट दिएपछि सामान्य रूपमा केबलकारको यात्रा गर्ने नागरिकको संख्या बढेको बताए ।
दोलखाको पर्यटकीय क्षेत्रको रुपमा रहेको कालिञ्चोक भगवती मन्दिरको दर्शनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन् । कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले भ्रमण वर्ष सुरु भएसँगै तीन सय ९० जना विदेशी पर्यटकले केबलकारको प्रयोग गरेको जानकारी दिए । उनका अनुसार एक साताको अवधिमा ३० लाख भन्दा बढी रकम संकलन भएको छ । अघिल्लो सातको बुधबारबाट लागू हुने गरी भ्रमण वर्षलाई लक्षित गर्दै केबलकारले टिकटमा छुट दिइरहेको छ । कालिञ्चोक दर्शन लिमिटेडले सञ्चालन गरेको कालिञ्चोक केबलकार चढ्ने दोलखासहित तीन जिल्लाका स्थानीयवासीलाई छुट दिइएको हो । भ्रमण वर्षलाई लक्षित गर्दै दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि टिकटमा ४० प्रतिशत छुट दिने निर्णय गरेको कालिञ्चोक दर्शन लिमिटेडले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया