Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधखोपकेन्द्र भवन निर्माण

खोपकेन्द्र भवन निर्माण


रसुवा ।
ग्रामीण बालबालिकालाई खोप लगाउन सहज पार्ने उद्देश्यले रसुवाको ठूलोगाउँमा खोपकेन्द्र भवन निर्माण गरिएको छ । स्वास्थ्य संस्था जान आधा घण्टाभन्दा बढी दूरी भएको ग्रामीण बस्तीलाई खोपलगायतका सेवा घर नजिकबाटै सहज पार्ने सरकारको नीतिअनुरूप खोपकेन्द्र निर्माण गरिएको हो ।

उत्तरगया गाउँपालिका–३ ठूलो आँगन आसपास निर्माण गरिएको खोपकेन्द्रले मासिक ३० बालबालिकालाई खोप लगाउन सहज भएको ठूलोगाउँ स्वास्थ्य केन्द्रले जनाएको छ । भवन निर्माणको कुल लागत आठ लाख ३५ हजार रुपैयाँ छ । सोमध्ये गाउँपालिबाट तीन लाख रुपैयाँ एवं स्थानीय विकास पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सांसद मोहन आचार्यले पाँच लाख ३५ हजार रुपैयाँ प्रदान गरेको वडा नं ३ को कार्यालयले जनाएको छ ।

भवन निर्माणका लागि आवश्यक जग्गा स्थानीय सुनिता गुरुङले निःशुल्क प्रदान गरेको स्वास्थ्य केन्द्रले जनाएको छ । खोपकेन्द्र भवनको गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले एक विशेष कार्यक्रमअन्तर्गत उद्घाटन गरेपश्चात् नवनिर्मित भवनबाट सेवा सञ्चालन भइसकेको स्वास्थ्य केन्द्र प्रमुख कृष्ण भण्डारीले जानकारी दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया