Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधहोलसेल तरकारी तथा फलफूल बजार सञ्चालनमा

होलसेल तरकारी तथा फलफूल बजार सञ्चालनमा


काठमाडौं
चाबहिलमा तरकारी तथा फलफूल होलसेल आधुनिक कृषि बजार सञ्चालनमा आएको छ । कृषि बजारको शनिबार माइती नेपालकी अध्यक्ष तथा सामाजिक अभियन्ता अनुराधा कोइरालाले उद्घाटन गरेकी हुन् । कृषि बजारमा रहेको दुई सय ५० स्टलमार्फत अर्गानिक तरकारी तथा फलफूलहरू सुपथ मूल्यमा उपलब्ध गराइने भएको छ । अब सम्पूर्ण उपभोक्ताहरूले रोजीरोजी, ताजा र चाहेजस्तो तरकारी तथा फलफूल खरिद गर्न पाउनेछन् ।

मुख्यतया बजारको उद्देश्य भनेको सम्पूर्ण उपभोक्तालाई उचित मूल्यमा सबै प्रकारका तरकारी तथा फलफूलहरू उपलब्ध गराउनु रहेको आधुनिक कृषि बजारका अध्यक्ष रबिन्द्र ज्वारचनले बताए । यसरी सम्पूर्ण उपभोक्ताहरूको सहजताका लागि सञ्चालनमा ल्याइएको, चाबहिल तरकारी तथा फलफूल होलसेल कृषि बजार, ओम् अस्पतालको पछाडिपट्टि अवस्थित छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया