नरैनापुरमा आगलागी हुँदा २५ घर जलेर एक करोडभन्दा बढीको क्षति

बाँके ।
बाँकेको नरैनापुर गाउँपालिकाको सुइँया गाउँमा भीषण आगलागी भएको छ । नरैनापुर वडा नम्बर १ स्थित सुइँया गाउँमा सोमबार बिहान साढे ११ बजे आगलागी हुँदा २५ घर जलेर नस्ट भएका छन् ।
आगलागीबाट कुनै मानवीय क्षति नभए पनि करोडौँको जिन्सी सामानहरू तथा नगद जलेर नस्ट भएका छन् । गाउँपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरूको सहयोगमा आगो नियन्त्रणमा लिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । गाउँपालिका अध्यक्ष शाहले आगलागीबाट पीडित बनेका गाउँहरूलाई गाउँपालिकाले सक्दो सहयोग गर्ने जानकारी दिए ।
स्थानीय नन्हे पासीको फुसले छाएको कच्ची घरबाट आगलागी सुरु भएर २५ वटा घर पूर्णरूपमा नष्ट भएका हुन् । घरमा बच्चाहरू मात्रै भएको समयमा अचानक आगलागी भएपछि स्थानीयले खबर गरेलगत्तै सुइँया प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरीको टोली परिचालन भएको थियो ।
आगालागीबाट नन्हे पासी, मनिजर पासी, पासी, रंगै पासी, राम समुझ पासी, मनै साई, सहज राम पासी, मृतलाल पासी, सन्तोष पासी, बौरा पासी, मुन्के पासी र सिराज पासी गरि २५ जनाको घर पूर्णरूपमा क्षति भएको छ । नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहका अनुसार आगलागीबाट करोडौँको जिन्सी तथा नगद क्षति भएको छ । यसैबीच गाउँपालिकाको विपत् व्यवस्थापन समितिको बैठक बसेर पीडितहरूलाई तत्काल आवश्यक पर्ने सामान उपलब्ध गराउने निर्णय गरेको छ ।
समितिले पीडितहरूलाई तत्काल प्रतिपरिवार त्रिपाल एक थान, भाँडा एक सेट, चिउरा पाँच किलो, दालमोट एक किलो, चाउचाउ एक पेटी, चामल २५ किलो, दाल पाँच किलो, आलु १० किलो प्याज पाँच किलो, खानेतेल एक किलो, साबुन दुई थान, स्यानिटाइजर एक थान, नुन दुई किलो बाल्टी एक थान, टर्चलाइट एक थान, ऐना एक र काइँयो एक थान उपलब्ध गराउने निर्णय गरेको विपत् व्यवस्थापन समितिका संयोजक तथा सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- बजार परिसूचक २७ सय ३५ दशमलव ४६ बिन्दुमा
- माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा पवित्र वागेश्वरी मन्दिरमा
- एनआईबीएल एस क्यापिटलको सचेतनामूलक कार्यक्रम
- प्रभुु बैंकको अध्यक्षमा सिटौला चयन
- सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको लालपत्तामा
- धितोपत्र बोर्डद्वारा ‘एनआईबीएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न अनुुमति
- चीनको जीडीपी १८.३ प्रतिशत वृद्धि
- विदेशमा भारतीय कम्पनीले एकै महिनामा गरे झण्डै दुई अर्ब डलर लगानी
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- जघन्य अपराधमा राज्य उदासीन
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
तपाईको प्रतिक्रिया