Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधअग्नीपीडितलाई एक लाख १० हजार प्रदान

अग्नीपीडितलाई एक लाख १० हजार प्रदान


बाँके ।
बाँके क्षेत्र नं. १ का सांसद महेश्वर गहतराजले नरैनापुर गाउँपालिकाका अग्नीपीडितलाई सहयोग प्रदान गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत नरैनापुर गाउँपालिका १ सुइयामा भएको आगलागीका पीडितहरूलाई उनले आर्थिक सहयोग गरेका हुन् । शुक्रबार अग्नीपीडितलाई भेट्न सुइया पुगेका उनले आफ्नो पारिश्रमिक कटाएर २२ घरपरिवारलाई पाँच हजारका दरले एक लाख १० हजार सहयोग उपलब्ध गराएका हुन् ।

साथै उनले पीडितहरूको परिवारका लागि घर निर्माणको पहल थालेको जानकारी समेत गराए । सुरक्षित नागरिक आवास कार्यक्रम बाँके क्षेत्र नं. १ का संयोजक समेत रहेका उनले अग्नीपीडितका लागि सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत घर निर्माणका लागि प्रतिघरपरिवार ५० हजारका दरले नगद उपलब्ध गराउने बताए । साथै घर निर्माणका लागि आवश्यक झ्याल, ढोका जिल्ला आपूर्ति समितिमार्फत उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया