Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधगाउँपालिकाको बजेट संशोधन

गाउँपालिकाको बजेट संशोधन


बाँके ।
बाँकेको डुडुवा गाउँपालिकाको आठाँै गाउँसभाले ऐन नीति, बजेट संशोधन र प्रगति प्रतिवेदनलाई पारित गरेको छ । सभाले डुडुवा गाउँपालिकाको कृषि व्यवसाय प्रवर्द्धन सम्बन्धमा गर्न बनेको विधेयक २०७७ र डुडुवा गाउँपालिकाको कृषि नीति २०७७ सर्वसम्मतरूपमा पारित गरेको छ । विधेयक समितिका संयोजक लिलावति यादवले प्रस्तुत गरेकोे ऐन र नीतिलाई पारित गरिएको हो ।

सभामा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले चालू आर्थिक वर्षको बजेटको संशोधन प्रस्ताव र चालू आर्थिक वर्ष ०७७/७८ को साउनदेखि फागुन २० गतेसम्मको विभिन्न विषयगत शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत बजेट संशोधन र प्रगतिलाई सर्बसम्मतरूपमा पारित गरिएको थियो ।

गाउँपालिकाका विभिन्न शाखाअन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि, पशु, वन तथा वातावरण र विकास निर्माणका योजनालगायतका बारेमा प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सभाका सदस्य सचिव परशुराम उपाध्यायले सञ्चालन गरेकोे सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्ष, कार्यपालिका सदस्य र सभासदहरूको सहभागिता रहेको थियो ।

गाउँपालिकाले बहुवर्षीय ठूला आयोजनाअन्तर्गत राप्ती नदी पुलस्थित शिवको प्रतिमा निर्माण, कोल्ड स्टोर निर्माण, हलकारापुर्वा र राजारामपुर्वाबीचमा डुडुवा नालामा झुलुङ्गे पुल निर्माण, अमृतपुर्वादेखि रामनगर पाझासम्म पीसीसी सडक निर्माण र गाउँपालिकाको प्रशासकीय भवन निर्माण रहेका छन् । ती आयोजनाहरूलाई मुख्य प्राथमिकताका साथ अघि बढाइएको गाउँपालिका अध्यक्ष चौधरीले बताए । उनका अनुसार जेष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम, कन्य मुद्दती खाता, स्वास्थ्य र पशुअन्तर्गत मुख्य कार्यक्रम सञ्चालनको योजना रहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया