केदारस्यु गाउँपालिकाको आधा दर्जन बढी गाउँमा बिजुली

बझाङ ।
जिल्लाको केदारस्युँ गाउँपालिकामा रहेको दोगडे खोलामा लघु जलविद्युत् (माइक्रोहाइड्रो) आयोजना निर्माण सम्पन्न भएपछि यहाँका आधा दर्जन बढी गाउँमा बिजुली बत्ती बलेको छ । गाउँपालिकाको वडा नम्बर ६ का आधा दर्जन बढी गाउँमा बिजुली बत्ती बलेपछि स्थानीयहरू खुसी भएका छन् ।
गाउँनजिकैको दोगडे खोलामा लघु जलविद्युत् आयोजना निर्माण गरेर सञ्चालनमा आएपछि विनाडा, भाडसैन, त्याडिगाँउ, र गाँजरीमा बत्ती बलेको हो । २०७० सालबाट निर्माणाधीन अवस्थामा रहेको ५५ किलोवाट क्षमताको दोगडे खोला लघु जलविद्युत् आयोजनाको निर्माणकार्य सम्पन्न भएको छ । वैकल्पिक ऊर्जा, केदारस्युँ गाउँपालिका र वडा कार्यालयलको करिब दुई करोड लागतमा आयोजना सम्पन्न भएको आयोजनाका अध्यक्ष विर्ख गुर्धामीले बताए ।
दोगडे खोलामा लघु जलविद्युत् आयोजनाबाट केदारस्युँ गाउँपालिकाका विनाडा, भाडसैन, त्याडिगाँउ, गाँजरीका बासिन्दा लाभान्तित भएका छन् । यस्तै थापागाउँ, सिङराली, गोठेखान र रोतागाडामा घरमा वाइरिङ्गको काम सञ्चालनमा रहेकाले ती गाउँमा छिट्टै बिजुली बत्ती पुगाउने अध्यक्ष गुर्धामीले बताए । गाउँमा बिजुली बलेसँगै गाउँका विद्युतीय सबै समस्या समाधान भएकोे तथा स्थानीय सरकार भएको अनुभूति भएको स्थानीय खडक धामीले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- बजार परिसूचक २७ सय ३५ दशमलव ४६ बिन्दुमा
- माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा पवित्र वागेश्वरी मन्दिरमा
- एनआईबीएल एस क्यापिटलको सचेतनामूलक कार्यक्रम
- प्रभुु बैंकको अध्यक्षमा सिटौला चयन
- सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको लालपत्तामा
- धितोपत्र बोर्डद्वारा ‘एनआईबीएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न अनुुमति
- चीनको जीडीपी १८.३ प्रतिशत वृद्धि
- विदेशमा भारतीय कम्पनीले एकै महिनामा गरे झण्डै दुई अर्ब डलर लगानी
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- जघन्य अपराधमा राज्य उदासीन
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
तपाईको प्रतिक्रिया