Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमिर्गेको चक्लेटाले सजिँदै काठमाडौँ

मिर्गेको चक्लेटाले सजिँदै काठमाडौँ


दोलखा ।
पछिल्लो समय दोलखाबाट उत्पादन हुने हरेक वस्तु राजधानी काठमाडौँलगायतका सहरमा ढुवानी हुँदै आएको छ । हेर्दा चिप्लो चिल्लो र आर्कषक देखिने मार्बलको रूपमा प्रयोग हुने चक्लेटा ढुङ्गा अहिले दोलखाबाट राजधानी काठमाडौँलगायतका सहरहरूमा ढुवानी हुँदै आइरहेको छ ।

काठमाडौँ घरआँगनमा सजाउन घरधनीहरू चक्लेटा खोज्न आउनेगरेका छन् । सिमेन्ट र चुनाले बनाएको मार्बलभन्दा ढुङ्गाबाट बनेको चक्लेटा टिकाउ हुनेहुँदा राजधानीका धेरै घरधनीले चक्लेटा ढुङ्गा घरमा सजाउन थालेका हुन् । बैतेश्वर गाउँपालिका–३ मिर्गेमा करिब एक सय रोपनी जग्गामा फैैैैलिएको उक्त खानीबाट गत वर्षदेखि व्यावसायिकरूपमा ढुङ्गा निकाल्न सुरु गरिएको हो । ढुङ्गा खानीबाट मासिक १० देखि १५ लाखको उत्पादन र बिक्री हुँदै आएको छ ।

उक्त खानीलाई बैतेश्वर २ का ढुङ्गा व्यवसायी सान्झाक्री तामाङ र वडा ३ मिर्गेका सुकुमान तामाङले सञ्चालन गरेका छन् । उनीहरूले सुरुमा १० रोपनी व्यक्तिको जग्गा खरिद गरि खानीबाट निस्केको ढुङ्गा काटेर मार्बल बनाउन सुरु गरेका थिए । अहिले उनीहरूले खानी आसपासको करिब एक सय रोपनी जमिनलाई भाडामा लिएका छन् । साथै उनीहरूले ६५ जनालाई रोजगार समेत दिएका छन् । चक्लेटा काटेर दैनिक एक हजारदेखि तीन हजार पाँच सय रूपैयाँसम्म कमाउने व्यक्तिहरू रहेको ठेकेदार सुकुमान तामाङले बताए ।

यहाँ उत्पादन भएका चक्लेटा ढुङ्गा भूकम्पपछि निर्माण हुँदै गरेका मन्दिर, गुम्बा, घर र सडकलगायतका ठाउँमा मार्बलको रूपमा सजाउन प्रयोग हुनेगरेको र पछिल्लो समय माग पनि बढ्दै गएको उनको भनाइ छ । खानी नियमित सञ्चालनको लागी विद्युत् र सडकको व्यवस्था गरिएको छ । तामाङका अनुसार खानी भूकम्प जानुअघि सामान्यरूपमा प्रयोगमा थियोे । त्यो बेला उत्पादन गरेको चक्लेटा ढुङ्गा घर छाउनको लागि मात्र प्रयोग गर्ने गरेको उनी बताउँछन् ।

एक मिटरदेखि सात मिटरसम्मको उचाइ भएको ढुङ्गा प्रतिगोटा दुई सय ५० देखि दुई हजार दुई सय रूपैयाँसम्म बिक्री हुँदै आएको स्थानीय ढुङ्गा उत्पादक एवं व्यवसायी चन्द्र बहादुर तामाङले जानकारी दिए । खानीबाट अहिले सातवटा समूहले चक्लेटा काटिरहेको जग्गाधनी सुब्बा दाहालले जानकारी दिए । दाहालले आफ्नो पाँच रोपनी जग्गामा दुईतिरबाट चक्लेटा निकाली रहेका छन् । उनले मासिक २५ हजार कमाउने गरेको बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया