Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधअवैधरूपमा नेपालबाट भारतमा हरियो मटरको निकासी

अवैधरूपमा नेपालबाट भारतमा हरियो मटरको निकासी


विराटनगर ।
नेपालबाट भारतमा हरियो मटरको अवैध रूपमा निकासी भईरहेको पाईएको छ । यहाका केही ट्रेडिङ कारोवारीले हरियो मटर भारतमा निकासी गर्न थालेपछि नेपालमा मटरको अभाव देखिएको छ । तेस्रो मुलुकबाट आयात हुदै आएको हरियो मटर कारोबारीहरूले मोरंगको नेपाल तर्फको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न थालेपछि पछिल्लो समय बजारमा हरियो मटरको मुल्य अत्यधिक महगिएको छ । हरियो मटरको मांग उच्च रहेपनि बजारमा भने हरियो मटरको अभाव नै रहेको व्यवसायीहरू बताउँछन् ।

भारत निकासी गर्दा हरियो मटरबाट बढी मुनाफा हुने भएकाले हरियो मटरका ट्रेडिङ कारोवारीको धन्धा पछिल्लो समय मौलाएको हो । नेपाल भारत सीमानाका बन्द भएको भएता पनि प्रहरीको सेटिङ्ग मै कारोवारीले मोरङ जिल्लाको दक्षिणपूर्वी सीमा क्षेत्रबाट अवैध चोरी निकासी गराउने गरेको उच्चस्रोतले जनाएकोे गरेको छ । अहिले हरियो मटर तस्करीको सँजाल खुला रहेको नेपाल भारत बोर्डरबाट मोरंग जिल्लाका विभीन्न स्थान सहित विराटनगर माहानगर पालिका क्षेत्रमा रहेका विभीन्न खुला नाकाहरूको प्रयोगमा सक्रिय रहेका छन् ।

भारत र पाकिस्तान वीचमा उत्पन्न तनावले गर्दा भारतमा पाकिस्तानबाट आयात हुँदै आएको हरियो मटरमा भारत सरकारले प्रतिवन्ध लगाएको छ । उक्त प्रतिबन्धका कारण पछिल्लो समय नेपालका ट्रेडिङ कारोवारीहरूले आयात गरी स्टोर गरिएको हरियो मटर अवैध बाटो हुँदै भारत तर्फ निकासी गर्न थालेपछि नेपाली बजारमा हरियो मटरको मुल्यबृद्धि हुन पुगेको हो । पछिल्लो समय ८५ रूपैयाँ मुल्य रहेको हरियो मटरको भाउ बृद्धि भई ९० (भारतीय) रूपैया भन्दा माथी पुगेको छ । हरियो मटर भारतले नेपाली निकासीलाई प्रतिबन्ध लगाएको पनि स्रोतको भनाई छ । जसले गर्दा नेपाल भन्सारले हरियो मटर निकासीलाई रोकेको अवस्था रहेको छ ।

लामो समय देखि भारत लगायत तेस्रो मुलुकबाट समय अनुकुलको कारोवार गर्दै आएका ट्रेडिङ फर्महरू पछिल्लो समय सुपाडी, इलाची, काजुकिसमीस र गोल मरिचको कारोवारमा संलग्न हुँदै आएका छन् । तर पछिल्लो समय भारत र पाकिस्तान वीचको तनावका कारण पाकिस्तानबाट भारतमा आयात हुँदै आएको हरियो मटरमा समेत भारत सरकारले प्रतिवन्ध लगाएका कारण नेपाली ट्रेडिङ फर्मका सँचालकहरू हरियो मटर आयात तिर लागेका हुन् । यहाँका व्यापारीहरूले भारतको कोलकातामा एक सय कन्टेनर भन्दा बढी हरियो मटर गोदाममा स्टोर गरीराखेको स्रोतले बताएको छ । उक्त हरियो मटर कहिले नेपाल आयात हुने हो भन्ने प्रतिक्षामा कारोवारी रहेको बताइएको छ ।

विराटनगरमा आफुलाई प्रतिष्ठित दर्जाको ब्यवसायी भन्न रुचाउने विराटनगरका ट्रेडिङ कारोवारका ब्यापारी नै पछिल्लो समय हरियो मटर भारत तस्करीमा संलग्न रहेका छन् । भारतमा दैनिक हरियो मटरको माग अत्यधिक भएका कारण अहिले नेपाली ब्यवसायीहरू तेस्रो मुलुकबाट मटर आयात गरि बोरा पल्टि गरेर अवैध बाटो हुँदै पुन नेपालबाट भारत तर्फ नै पठाउने काममा संलग्न भएको स्रोतको दावी छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया