Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधवसन्त ऋतुमा ४५ जनाले हिमाल आरोहण गर्ने

वसन्त ऋतुमा ४५ जनाले हिमाल आरोहण गर्ने


काठमाडौं
वसन्तु ऋतुको पहिलो चरणमा हिमाल अरोहण गर्नका लागि ४५ जनाले अनुमति लिएका छन् । पाँचवटा समूहमा रहेका ३० पुरुष र १५ महिला गरी ४५ जनाले हिमाल आरोहण गर्न लागेको पर्यटन विभागले जानकारी दिएको छ । जसमध्ये एक जनाले मनास्लु, चार जनाले नोप्त्से र ४० जनाले अन्नपूर्ण हिमाल आरोहण गर्नेछन् । उनीहरुले असारको दोस्रो साता र तेस्रो साता हिमाल अरोहण गर्ने बताइएको छ ।

कोरोनाको खोप आइसकेपछि भने हिमाल चढ्नेको संख्यामा सामान्य बढेका छन् । कोरोनाको कारण पर्यटन व्यवसाय उठ्न नसकिरहेको अवस्थामा हिमाल आरोहण गर्ने स्वदेशी तथा विदेशी टोलीले सो व्यवसायमा लागेकोलाई केही राहत मिल्नेछ । यस्तै आरोहण टोलीबाट रोयल्टीबापत ८८ लाख २३ हजार रुपैयाँ संकलन हुनेछ जसमध्ये नोत्सेबाट दुई लाख ८१ हजार रुपैयाँ, मनास्लुबाट दुई लाख ११ हजार रुपैयाँ र बाँकी अन्नपूर्ण हिमाल अरोहणबाट रोयल्टी संकलन हुनेछ ।

यसअघि पनि १० वटा समूहका ४५ जनाले विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन् । यसैबीच पछिल्लो समय भारतमा कोरोना बढेसँगै सरकारले मुलुकमा कोरोनालाई ध्यानमा राखी भीडभाड अर्थात् सभा, जुलस नगर्न आग्रह गरेको छ जसले गर्दा पर्यटन क्षेत्र प्रभावित बन्नसक्ने सम्भावना प्रबल छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया