Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधहिमपातले अवरुद्ध सल्लेरी काठमाडौं सवारी सुचारु

हिमपातले अवरुद्ध सल्लेरी काठमाडौं सवारी सुचारु


महेन्द्र शाही
सोलखुम्बु, पुस २७
भारी हिमपातका कारण अवरुद्ध बनेको सोलुखुम्बु–काठमाडौं सडक खण्ड सुचारु भएको छ । बुधबार साँझदेखिको निरन्तरको हिमपातका कारण अवरुद्ध बनेको पत्ताले क्षेत्रको सडक खण्डमा रहेको हिउँ पन्छाएपछि यातायात सुचारु भएको हो । अस्थायी जिल्ला ट्राफिक प्रहरीका कार्यालयका ट्राफिक प्रहरी नारायण बहादुर बस्नेतका अनुसार सडकमा जमेको हिउँ जेसीबीको सहयोगले पन्छाएसँगै सवारी निर्बाध रुपमा ओहोरदोहोर गरिरहेका छन् । सडक खुलेसँगै जिल्लाबाट बाहिर जाने तथा जिल्ला भित्रिने सवारी निर्बाध रुपमा ओहोरदोहोर गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ । हिउँ जमेर सडक अवरुद्ध हुदा राजधानीबाट आउने र राजधानी जाने यात्रुलाई सास्ती भएको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया