Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधप्रधानले राखे विश्व कीर्तिमान

प्रधानले राखे विश्व कीर्तिमान


काठमाडौं ।
वरिष्ठ गीतकार हरि गोपाल प्रधानले हवाइजहाजभित्र आफ्नो सांगीतिक एल्बम ‘यो मुटुमा सधैँभरि’ विमोचन गरी विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् । काठमाडौंदेखि नयाँ दिल्लीका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजभित्र छत्तीस हजार फिटको उचाइमा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरबाट विमोचन गरेर ‘वल्र्ड बुक अफ रेकर्डस्’मा कीर्तिमान कायम गरेका हुन् ।

उपराष्ट्रपतिको कार्यालय, हरित गृहमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनबाट विश्व रेकर्डसको प्रमाणपत्र कीर्तिमानी वरिष्ठ गीतकार हरि गोपाल प्रधानलाई हस्तान्तरण भएको थियो । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, वर्ल्ड बुक अफ रेकर्ड्स नेपालका अध्यक्ष सागर कटवाल, हिपहप किङ्ग निर्णय श्रेष्ठले दोसल्ला वर्ल्ड बुक अफ रेकर्डसको पिन एवं माला लगाई विश्व कीर्तिमानी गीतकार प्रधानलाई सम्मान गरेका थिए । हरि गोपाल प्रधान वरिष्ठ पत्रकार/फोटो पत्रकार, साहित्यकार एवं समाजसेवी हुन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया