फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणमा स्थानीयको अवरोध

कञ्चनपुर ।
कञ्चनपुरमा निर्माण हुने भनिएको फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणमा स्थानीयले अवरोध गरेका छन् । जिल्लाको भीमदत्त नगरपालिकाको उत्तरी चुरे पवर्तको फेदीमा प्रस्तावित क्षेत्रअन्तर्गत निर्माण गरिने भनिएको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणमा स्थानीयले अवरोध गरेका हुन् ।
फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुन लागेको क्षेत्र धार्मिक तथा पर्यटकीय क्षेत्र भएको भन्दै आफूहरू विरोध उत्रिनुपरेको स्थानीयहरूले बताएका छन् । तर क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत एकीकृृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि नगरपालिकास्तरमा सर्वदलीय संयन्त्रले छनोट गरेकै स्थानमा केन्द्र निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको थियो ।
भीमदत्त नगरपालिकाको उत्तरी क्षेत्रका छवटा सामुदायिक वन क्षेत्रमा फोहोरमैला व्यवस्थापनको प्रस्तावित क्षेत्र घोषणा गरेर प्रक्रिया अगाडि बढाए पनि निर्माण हुन नदिने स्थानीयले अडान लिएका छन् । भीमदत्त नगरपालिका–७ स्थित हल्दुखालका स्थानीय मदन चन्दले उत्तरी क्षेत्र भनेको देवीदेउताको क्षेत्र भएको भन्दै उक्त क्षेत्रमा नगरपालिकाले फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्न नहुने बताए । ‘भीमदत्त नगरपालिका क्षेत्रमा फोहोर व्यवस्थापनको निकै ठूलो समस्या रहेको अवस्था छ, फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरेर फोहोर व्यवस्थापन जति सक्दो चाँडो गर्नुपर्ने आवश्यकता पनि रहेको छ’, स्थानीय मदन चन्दले भने, ‘तर फोहोर व्यवस्थापनको नाममा धार्मिक आस्थालाई मास्ने काम हुँदै छ, उत्तरी क्षेत्र भनेको कञ्चनपुरवासीको मात्र नभएर सुदूरपश्चिमवासीको धार्मिक आस्थाको केन्द्र हो ।
यसमा हामी फोहर व्यवस्थापन केन्द्र निर्माण गर्न दिँदैनौँ हाम्रो
विरोध छ ।’ परापूर्व कालदेखि धार्मिक आस्थाको दृष्टिकोणले भरिपूर्ण मानिएको उत्तरी क्षेत्रमा विभिन्न धार्मिकस्थल तथा पर्यटकीयस्थल रहेको छन् । उत्तरी क्षेत्रको ब्रह्मदेव क्षेत्रमा सिद्धनाथ मन्दिर रहेको छ । यस्तै चुरे फेदीको बीचमा निकै धार्मिक महत्व बोकेको धार्मिक तथा पर्यटकीयस्थल झिलमिला ताल रहेको छ । योसँगै भम्केनी धाम, विष्णु मन्दिरलगायत रौटेला मन्दिर इत्यादि धार्मिकस्थलहरू रहेको छन् ।
फोहर व्यवस्थापनको गर्नको लागि उत्तरी क्षेत्रभन्दा अन्य क्षेत्र पनि उपयुक्त रहेकोले पुच्छरको फोहर शिरमा बिसर्जन गर्न नहुने स्थानीयको तर्क छ । यसैगरी भीमदत्त नगरपालिका–८ स्थित तिलाचौरका हेमबाबु लेखकले पूजा गर्ने कोठामा शौचालय निर्माण गर्न नहुने भन्दै फोहर व्यवस्थापनको केन्द्र उत्तरी क्षेत्रभन्दा अन्य क्षेत्रमा निर्माण गरिनुपर्ने उनले बताए । उनले अत्यधिक सहरीकरण बढेको भन्दै अबको दश वर्षपछि पानीको स्रोतको समेत नाश हुने सम्भावना रहेको बताए । पानीको स्रोत संरक्षण गर्न पनि चुरे क्षेत्रलाई संरक्षण गर्नुपर्ने उनको भनाइ थियो ।
यता भीमदत्त नगरपालिकाले भने स्थानीय तह निर्वाचनपछि प्रस्ताव गरिएको स्थानमा केन्द्र बनाउने गरी तयारी अघि बढाएको जनाएको छ । नगरपालिका नगरप्रमुख सुरेन्द्र विष्टले फोहेर व्यवस्थापन केन्द्र निर्माणका लागि ठाउँ अभाव रहेकोले उक्त क्षेत्र रोज्नु परेको बताए । फोहर व्यवस्थापनको लागि झण्डै दशदेखि पन्ध्र बिघा जमिन आवश्यक पर्ने हुँदा उत्तरी क्षेत्र उपयुक्त रहेको उनको तर्क छ । उत्तरी क्षेत्रमा भीमदत्त नगरपालिका क्षेत्रमा आठवटा सामुदायिक वन र दुईवटा धार्मिक वन रहेका छन् ।
उक्त क्षेत्रहरूमा सामुदायिक वन क्षेत्रसँग जमिन मागेर फोहर मैला व्यवस्थापन केन्द निर्माण गर्ने योजना नगरपालिकाको रहेको छ । नगरपालिका अनुसार चुरे क्षेत्रसँग जोडिएको वडा नम्बर ३, ७ र ८ को उपयुक्त स्थानमा फोहर मेला व्यवस्थापन केन्द्र निर्माण गरिनेछ । यस्तै एकीकृत फोहर मैला व्यवस्थापन (बिसर्जन) केन्द्र निर्माणको बजेट भने साठी करोड रूपैयाँ रहेको छ । केन्द्र निर्माणमा आवश्यक बजेट भनेपछि थपिँदै जाने नगरपालिकाको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
- रुरु हाइड्रो र एनआईबीएल एस क्यापिटलबीच सम्झौता
- इन्टरनेट खोजीमा मनलागी गरेको भन्दै बेलायती पत्रिकाद्वारा गुगलविरुद्ध मुद्दा
- अक्सिजन आपूर्तिमा समस्या हुँदा भारतमा २२ बिरामीको मृत्यु
- अर्बौं मागदाबी गर्दै टिकटकविरुद्ध मुद्दा
- लाखौँ अमेरिकी बेरोजगार
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया