Techie IT
×
गृहपृष्ठबिबिधसुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा महर्जन

सुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा महर्जन


काठमाडौं ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा रमेश महर्जन निर्वाचित भएका छन् । महासंघको सातौँ वार्षिक साधारणसभाको अवसरमा भएको निर्वाचनमा महर्जन अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै महासंघको प्रथम उपाध्यक्षमा राम प्रसाद विश्वकर्मा, द्वितीय उपाध्यक्षमा द्वारिका विश्वकर्मा, तृतीय उपाध्यक्षमा अमरनाथ गुप्ता, महासचिवमा किसान सुनार, सचिवमा निरबहादुर धमला र टंक बहादुर बराइली, कोषाध्यक्षमा केशर बहादुर विक र सहकोषाध्यक्षमा गणेश प्रसाद विश्वकर्मा निर्वाचित भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यहरुमा गंगाराम रसाइली, विष्णुभक्त बराइली, दिपक धनुके, कमल प्रसाद लामिछाने, जगत बहादुर सुनार, दिपक कुमार सुनार, प्रेम बहादुर विक, देवीलाल विक, श्याम कुमार विश्वकर्मा, खेमराज विश्वकर्मा (तिरुवा), विद्यासागर ताम्राकार, सोम बहादुर विक, आनन्द कुमार साह, बलराम साह, पृथ्वी विश्वकर्मा, बुद्धि बहादुर विक, पर्वलाल शर्मा कोइराला, तिलक विक, त्रिलोचन विश्वकर्मा तथा महिला आरक्षित सिटमा तारा विश्वकर्मा, भद्रसिला रसाइली, सम्झना शिवाकोटी निर्वाचित भएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया