Techie IT
×
गृहपृष्ठबिबिधनागरिक लगानी कोषद्वारा १७ प्रतिशत लाभांशको प्रस्ताव

नागरिक लगानी कोषद्वारा १७ प्रतिशत लाभांशको प्रस्ताव


काठमाडौं ।
नागरिक लगानी कोषले १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कोषको यही चैत २१ गते बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई नौ प्रतिशत अर्थात् २७ करोड रूपैयाँबराबरको बोनस सेयर र आठ दशमलव ८९ प्रतिशत अर्थात् २६ करोड ६८ लाख ४२ हजार एक सय पाँच रूपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश वितरण सम्बन्धमा सञ्चालक समितिले गरेको यो प्रस्ताव अर्थ मन्त्रालयको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया