Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधराजस्वसम्बन्धी प्रयोजनको लागि शनिबार पनि बैंक तथा वित्तीय संस्थाहरु खुल्ने

राजस्वसम्बन्धी प्रयोजनको लागि शनिबार पनि बैंक तथा वित्तीय संस्थाहरु खुल्ने


काठमाडौं ।
राजस्व बुुझ्ने प्रयोजनको लागि आगामी शनिबार पनि बैंक तथा वित्तीय संस्थाका शाखाहरु खुल्ला रहने भएका छन् । राष्ट्र बैंकले बिहीबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको नाउँमा सार्वजनिक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरु खुल्ला राख्न निर्देशन दिएको हो ।

यसअघि राष्ट्र बैंकले वि.सं. २०७५ असार २६ गतेदेखि नै अनुमतिप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको सूचनाअनुसार वर्षभर नै असोज, पुस, चैत र असार महिनाको अन्तिम हप्ता २५ गते र सोपछि मसान्तसम्म शनिबारलगायत जुनसुकै सार्वजनिक विदा परे पनि राजस्व संकलन गर्ने आन्तरिक राजस्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, भन्सार कार्यालयहरुको राजस्व बुझ्ने प्रयोजनको लागि नेपाल राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु, चेक क्लियरिङ गर्ने प्रयोजनको लागि अन्य बैंक तथा वित्तीय संस्थाहरु एवं नेपाल क्लियरिङ हाउस पूर्णकालीनरुपमा खुल्ला गरी राजस्व बुझ्ने व्यवस्था गर्न जारी गरिसकेको राष्ट्र बैंकले जनाएको छ । सोहीअनुसार बैंक तथा वित्तीय संस्था खुल्ला राख्नको लागि बिहीबार पुनः सूचना जारी गरिएको राष्ट्र बैंकले भनेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया