Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधम्यारियट होटलको नयाँ मेडीटेरियन रेस्टुरेन्ट ताहिना टेरेस

म्यारियट होटलको नयाँ मेडीटेरियन रेस्टुरेन्ट ताहिना टेरेस


काठमाडौं ।
काठमाडौँ म्यारियट होटलको नयाँ मेडीटेरियन रेस्टुरेन्ट ताहिना टेरेस खुलेको छ । यसबाट काठमाडौँ शहरको ३६० दृश्यको आनन्द लिँदै, विदेशी फियुजन ककटेल (स्थानीय रुपमा उपलब्ध मसलाको जीन ककटेलहरु) पिउँदै पहाडहरुको बीचमा लौन्जिङ्ग गर्न पाईन्छ ।

यहाँ भर्खर बनाइएको पूर्वीय मेडीटेरियन स्नाक्स, सुन्दर ढङ्गले प्रस्तुत गरिएको मेज्जे प्लेटर र रमाईलो बारबेक्यु र कबाबहरु खान पाईने बताईएको छ । काठमाडौँ म्यारियट होटलको नयाँ मेडीटेरियन रेस्टुरेन्ट ताहिना टेरेस बाट पहाडको सूर्यास्त देख्न सकिन्छ । यसको फ्यासनेबल सेटिंग्स लाईब्ली ईनर्जीको साथ चर्चा गर्दै ताहिना टेरेसले आरामदायक भाइब्स, फल्टलेस सर्विस, स्वादिलो खाना र पेय पदार्थहरुको अफर गर्दछ  ।

यस भेन्यूको केही मुख्य हाइलाटहरु भनेका यसका क्याजुअल लाउन्ज एम्बियन्स, ट्रेन्डी शिश, फियूजन सिग्नेचर ककटेलको साथ ताजा बेक्ड मानकिश र अठेन्टिक अरबीक ग्रीलहरु हुन् । ताहिना टेरेस सार्वजनिक रुपमा अप्रिल १३ देखि खुल्ने छ । यसको खुल्ने समय साँझ ४ बजे देखि रातीको १० बजे सम्म हुनेछ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया