Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसातदोबाटोमा २१ वर्षपछि फेरियो राष्ट्रिय झण्डा

सातदोबाटोमा २१ वर्षपछि फेरियो राष्ट्रिय झण्डा


दोलखा ।
दोलखाको सदरमुकाम चरीकोट बजारको केन्द्र सातदोबाटो चोकमा रहेको स्तम्भमाथि राखिएको नेपालको राष्ट्रिय झण्डा २१ वर्षपछि फेरिएको छ । पुरानो झण्डा हटाएर शनिबार नयाँ झण्डा राखिएको हो । दुई दशकअघि चरीकोट बजारमाको सुन्दरता झल्काउन स्तम्भ निर्माण गरेर राखिएको सो झण्डा धेरै पुरानो भएकोले त्यसलाई हटाएर नयाँ राखिएको समाजसेवी ऋषिप्रसाद न्यौपानेले जानकारी दिए । पछिल्लो समय जिल्लामा घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको र अधिकांश पर्यटकले झण्डासँग बसेर फोटो खिच्ने हुँदा सबैले पुरानो झण्डा भएको भनेर गुनासो गरेपछि नयाँ झण्डा राखिएको उनले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया