Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमहाकाली अस्पताललाई भीमदत्त र वेदकोटद्वारा ३० लाख सहयोग

महाकाली अस्पताललाई भीमदत्त र वेदकोटद्वारा ३० लाख सहयोग


महेन्द्रनगर ।
महाकाली अस्पतालमा अक्सिजनको अभाव भएको छ । अक्सिजन अभाव भएपछि अस्पताललाई अक्सिजन व्यवस्थापन गर्नका लागि स्थानीय सरकारहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

अस्पताललाई कञ्चनपुरको भीमदत्त नगरपालिकाले २० लाख रूपैयाँ र वेदकोट नगरपालिकाले १० लाख रूपैयाँ सहयोग गर्ने भएको छ । वेदकोट नगरपालिकाले भने सहयोग रकम हस्तान्तरण नै गरिसकेको छ भने भीमदत्तले सहयोगको लागि प्रक्रिया अघि बढाएको जनाएको छ । आइतबार वेदकोट नगरपालिका नगरप्रमुख अशोक कुमार चन्दले १० लाख रूपैयाँको चेक महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीलाई हस्तान्तरण गरेका हुन् ।

भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले कोरोना संक्रमितको संख्या बढ्दै गएकाले अक्सिजनको आपूर्ति सहज बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले महाकाली अस्पताल व्यवस्थापन समितिलाई २० लाख सहयोग गर्न नगरपालिकाले पक्रिया थालेको जानकारी दिए । ‘

अस्पतालका अक्सिजन अभाव हुन थालेपछि त्यसको सहज आपूर्ति गर्ने नगरपालिकाले सहयोग गर्नलागेको हो’, नगरप्रमुख विष्टले भने, ‘कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित निर्देशन तथा समन्वय समितिको निर्णयअुनसार अस्पताललाई सहयोगको प्रतिबद्धता गरेका छौँ ।’ सहयोग आग्रहका लागि अस्पताललाई पत्र पठाउन भनिएको छ । उक्त रकमबाट अक्सिजन प्लान्ट स्थापना एवं सिलिन्डर खरिद गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया