Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधप्रहरी अस्पतालमा दुई सय २४ जना कोरोना संक्रमितको निःशुल्क उपचार

प्रहरी अस्पतालमा दुई सय २४ जना कोरोना संक्रमितको निःशुल्क उपचार


काठमाडौं ।
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा हाल दुई सय २४ जना कोभिड–१९ बाट संक्रमित बिरामीहरूको निःशुल्क उपचार भइरहेको छ । तीमध्ये २० जना भेन्टिलेटरमा, १९ जना आईसीयूमा, मध्यम अवस्थाका एक सय पाँच जना र सामान्य अवस्थाका ८० जना रहेका छन् । बिरामीहरूमध्ये प्रहरी कर्मचारी, पूर्वप्रहरी कर्मचारी र प्रहरी कर्मचारीका परिवार गरी एक सय ४३ जना तथा ८१ जना सर्वसाधारण नागरिक रहेका छन् ।

बिरामीहरूमध्ये आइतबार उपचारका लागि अस्पतालमा १५ जना र २ नम्बर गणमा छुट्टै बेडको व्यवस्था गरी छ जनालाई भर्ना गरिएको छ । उपचाररतमध्ये १४ जना डिस्चार्ज भएका छन् भने ८७ वर्षीय र ६६ वर्षीय गरी दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । नेपाल प्रहरी अस्पतालमा जम्मा दुई सय ६४ बेड उपलब्ध छन् । तीमध्ये एक सय ६१ साधारण, ७३ एचडीयू (हाई डिपेन्डेन्सी युनिट) र भेन्टिलेटरसहितका २० तथा भेन्टिलेटरबाहेकका १० गरी ३० आईसीयू बेड रहेका छन् ।

कोभिड–१९ बाट संक्रमितको उपचार र सेवामा नेपाल प्रहरी अस्पतालले उपलब्ध साधन स्रोतको उच्चतम प्रयोग तथा थप साधन स्रोतको व्यवस्था समेत गरी अनवरत सेवा प्रदान गर्दै आइरहेको छ । सो क्रममा हाल कोभिड–१९ को महामारीबाट संक्रमित बिरामीहरूको चाप बढ्दै गइरहेको अवस्थालाई मध्यनजर राखी इमर्जेन्सीमा अस्थायीरूपमा २६ बेड थप गरी अक्सिजनसहित उपचार प्रदान गरिएको छ । बेड खाली हुनासाथ उनीहरूलाई स्थान्तरण गरी उपचार गरिने व्यवस्था मिलाइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया