Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधगाँउ–गाँउमा फैलिन थाल्यो नयाँ भेरियन्टको कोरोना

गाँउ–गाँउमा फैलिन थाल्यो नयाँ भेरियन्टको कोरोना


दोलखा ।
जिल्लामा पछिल्लो समय दैनिक दर्जनौँ संक्रमित थपिन थालेका छन् । जिल्लाका अधिकांश गाउँहरूमा पछिल्लो समय कोरोनाका बिरामी देखिन थालेका छन् । नौ स्थानीय तह रहेको दोलखा जिल्लाका सबै स्थानीय तहमा नयाँ भेरियन्टको संक्रमण फैलिएको छ । मंगलबारसम्म दोस्रो लहरको संक्रमणले सुरक्षित मानिएको गौरीशंकर गाउँपालिकामा बुधबार संक्रमण फेला परेको हो ।

जिल्ला स्वास्थ कार्यालय दोलखाले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार यसअघि जिल्लाको आठ स्थानीय तहमा संक्रमण देखिएकोमा बुधबार गौरीशंकर गाउँपालिकाभित्रका चार जनालाई कोरोना संक्रमण भएको हो । यस्तै बुधबार दोलखामा ३५ जना नयाँ संक्रमित थपिएका छन् ।

नयाँ संक्रमित थपिनेमा भीमेश्वर नगरपालिकामा नौ जना, जिरी नगरपालिकामा १० जना, शैलुङ गाउँपालिकामा छ जना, विगु गाउँपालिकामा एक जना, गौरीशंकर गाउँपालिकामा चार जना रहेको र बाकी चार जना संक्रमितको ठेगान खुल्न बाँकी रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । योसँगै जिल्लामा हाल दुई सय ५७ जना कोरोना भाइरसका बिरामी रहेका छन् ।

जिल्लामा दोस्रो लहानको कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । दैनिक संक्रमण बढ्न थालेपछि जिल्लाका केहि स्थानीयतहले बिरामीलाई विभिन्न सेवासुविधा दिने घोषणा गरेका छन् ।

संक्रमितलाई दैनिक पाँच सय रुपैयाँ खर्च दिने शैलुङ गाउँपालिकाले निर्णय गरेको गाउँपालिका अध्यक्ष भरत दुलालले जानकारी दिए । त्यसैगरी भीमेश्वर नगरपालिकाले नगरपालिकाभित्रका नागरिकलाई कोरोना संक्रमण देखिएमा पोषण खर्चबापत दुई हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

साथै नगरपालिकाभित्रका बिरामीलाई उपचारका लागि अन्य स्थानमा लैजानु परे एम्बुलेन्स खर्चबापत आठ हजार उपलब्ध गराइने नगरप्रमुख भरत केसीले जानकारी दिए । यसैगरी कोरोनाका कारण मृत्युु भएमा मृतकका परिवारलाई सामाजिक कार्यका लागि १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख केसीले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया