Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेका नेपालीलाई जटिल रोग

ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेका नेपालीलाई जटिल रोग


अनिल नेपाली
काठमाडौं, माघ २
सामान्य दलित गरिब अपाङ्ग परिवारमा जन्मिई दिउसभर ज्याला मजदुरी गरेर जीविकोपार्जन गरेर छोरीहरुलाई समाज परिवर्तनको अभियन्ता बनाउने सोचमा रहेका सन्धिखर्क नगरपालिका वडा नं. ९ का श्यामलाल सार्की नेपालीलाई जटिल प्रकारको रोग लागे पनि उनी लगायत घरपरिबारमा अहिले निद्रा लाग्न छोडेको छ । सुरु–सुरुमा गरिब र अशिक्षाका कारणले सामान्य प्रकारको औषधोपचार गरेर निको होला भन्ने सोचमा रहेका नेपाली विगत ८ महिनादेखि हिँड्डुल गर्न समेत नसक्ने अवस्थामा रही ओछ्यानमा दिसापिसाब गर्न बाध्य भएका छन् । उनको उपचारको लागि विभिन्न अस्पतालमा पु¥याई घरमा भएको सम्पति समेत सिद्धिएको र निको नभएको भन्दै उपचारमा सहयोग गर्नको लागि सबैलाई उनकी श्रीमति बसन्ता नेपालीले आग्रह गदै पहलकदमी गरिदिनको लागि सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार विकलाई आग्रह गरिन् ।

विकले तत्काललै यसको लागि पहलकमदी गरी सहयोग गर्ने बताउँदै अपाङ्गताको नियमाबली निर्देशिकाबमोजिम उपमेयर संयोजक रहने व्यवस्था गरेबमोजिम नेपालीलाई घरमै गई पुस २५ गते परिचय पत्र दिलाई अन्य सहयोग गर्ने प्रतिबद्धता जनाए । नेपालीका हाल २ छोरी र १ श्रीमती रहेका छन्, श्रीमती बसन्ता नेपाली पनि आफै विरामी छिन् तर आफ्नो उपचारमा भने कुनै ध्यान दिएकी छैनन्, नेपालीलाई सुरु सुरुमा पेट दुख्ने गरेको भए पनि हाल आएर पेट झन् पछि झन् पनि बढ्दै गई उनलाई श्वास फेर्न समेत गाह्रो परेको छ ।

सामान्य मान्छेको पेटभन्दा उनको पेट ३ गुणा बढी रहेको छ तर अवस्था जटिल भएकोले श्रीमती घरमै बसेतापनि उनका दुई छोरी स्कुल पढ्न छोडेर बिहानै खोलामा बालुबा चाल्न गई बुवा निको बनाउने सोचमा छन् । तर बुबाको स्वास्थ्यमा भने कुनै सुधार हुन सकेको छैन उनको उपचारको लागि पनि वडा अध्यक्ष देव बहादुर रायमाझीले पनि पहलकदमी र नेतृत्वदायी भूमिका निर्वाह गरेता पनि उनको उपचारपश्चात् पनि कुनै सुधार भएको छैन । उपमेयर विक र वडा अध्यक्ष रायमाझीले तत्कालै नेपालीको उपचारको लागि आफूहरुले नगर र वडाबाट हुने सहयोगमा कुनै कसर बाँकी नराख्ने बताएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया