Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधगुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री गर्ने पक्राउ

गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री गर्ने पक्राउ


काठमाडौं ।
प्रहरीले गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्रीवितरण गरेको अभियोगमा ललितपुर महानगरपालिका–१ कुपन्डोल बस्ने पाल्पा तानसेन नगरपालिका–१ घर भएका २३ वर्षीय दुर्गा भट्टराईलाई पक्राउ गरेको छ ।

कोभिड–१९ का कारण सिर्जित विषम परिस्थितिको फाइदा उठाउँदै आम सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी बिक्रीवितरण र कालोबजारी भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई सोमबार ललितपुर महानगरपालिका–१ कुपन्डोलबाट गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन गरिरहेको र बिक्रीवितरण गर्न लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

औषधि व्यवस्था विभागमा दर्ता नगरी ‘विकलो वेज विन्स ह्याण्ड स्यानिटाइजार ७० प्रसेन्ट अल्कोहल’ लेखिएको चाइनिज ब्राण्डको लोगो गुगलबाट सर्च गरी नक्कली स्टिकर टाँसेर आफैँ डाउनलोड गरी प्रिन्ट गरेर प्रयोग गरेको तथा हानिकारक मिथानोल प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

साथै बोतल, ग्यालन र बिक्री गर्न तयार पारेर राखिएको कार्टुनसहित तीन हजार ८१ लिटर स्यानिटाइजर समेत प्रहरीले बरामद गरेको छ । उनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया