Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधटेलिमेडिसिन सेन्टर सुरु

टेलिमेडिसिन सेन्टर सुरु


काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्सले नेपाल चिकित्सक संघको सहकार्यमा टेलिमेडिसिन सेन्टरको शुभारम्भ गरेको छ । नयाँ भेरिएन्टको कोभिड–१९ महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौँ’ भन्ने अभियानमाअन्तर्गत उक्त सेवा सञ्चालनमा ल्याइएको हो ।
टेलिमेडिसिन सेन्टर

अन कोभिड–१९ आइतबारदेखि नै सञ्चालनमा आएकोे छ । टेलिमेडिसिन सेन्टरको लागि नेपाल चेम्बर अफ कमर्सले मुख्य प्रायोजन गरेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा चेम्बरका अध्यक्ष मल्ल तथा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीबाट संयुक्त रुपमा उक्त केन्द्रको शुभारम्भ भएको थियो ।

उक्त शुभारम्भ कार्यक्रममा चेम्बर अध्यक्ष मल्लले विश्वव्यापी महामारीको रुपमा फैलिएको दोस्रो चरणको कोरोनाभाइरस (कोभिड१९) बाट प्रभावित भएका व्यक्तिहरुले विदेश तथा नेपालका सबै क्षेत्रबाट यस केन्द्रबाट अनलाइन परामर्श प्राप्त गर्न सक्ने हुँदा महामारी व्यवस्थापनमा सहयोग पुग्ने बताए ।

श्रेष्ठले चेम्बरले चेम्बर कोभिड व्यवस्थापन समिति गठन गरी विभिन्न सरकारी अस्पतालहरुलाई कोभिड नियन्त्रणसँग सामग्री तथा उपकरणहरु हस्तान्तरण भइरहेको पनि जानकारी दिए । यस केन्द्र सञ्चालनका लागि साल्ट ट्रेडिङ्ग कर्पोरेसन तथा ईश्वरलाल प्रतिष्ठानको पनि सहप्रायोजन रहेको छ । यस केन्द्रबाट सेवा लिन इच्छुक व्यक्तिहरुले ‘मेरो डक्टर’ एप डाउनलोड गर्न सकिनेछ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया