Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबजेटमा बाँके : सिक्टादेखि मेगासिटीसम्म

बजेटमा बाँके : सिक्टादेखि मेगासिटीसम्म


बाँके ।
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा बाँकेका विभिन्न योजनाहरूका लागि बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत ल्याएको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहरबाट थप दुई हजार हेक्टरमा सिँचाइ सुविधा पु-याइने जानकारी दिए । उनले आयोजनाको पूर्वी खण्डमध्ये आगामी वर्ष थप २० किलोमिटर मूल नहर र १२ किलोमिटर शाखा नहर निर्माणसम्पन्न गरी थप छ हजार हेक्टर जमिनामा सिँचाइ सुविधा विस्तार गरिने बताए ।

सिक्टा सिँचाइ आयोजनाको सम्पूर्ण निर्माणकार्य आगामी दुई वर्षभित्र सक्ने अर्थमन्त्री पौडेलले जानकारी दिए । त्यसका लागि एक अर्ब ५६ करोड बजेट विनियोजन गरिएको छ । निर्माणाधीन भेरी बबई बहुउद्देश्यीय आयोजनाको निर्माणकार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने सरकारको लक्ष्य छ ।

दुई वर्षभित्र बाँके र बर्दिया जिल्लाका लागि थप १५ हजार हेक्टर भूमिमा सिँचाइ सुविधा विस्तार गर्नुका साथै ४८ मेगावाट विद्युत् क्षमताको विद्युत्गृह निर्माण सम्पन्न गरिने र त्यसका लागि तीन अर्ब सात करोड विनियोजन गरिएको छ ।

बाँकेसहति १३ जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रम सञ्चालन गर्न सरकारले बजेट विनियोजन गरेको छ । त्यस्तै, बाँकेको नौबस्तामा दुई वर्षभित्र औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणसम्पन्न गरिनेभएको छ । नेपालगञ्जमा क्रिकेट मैदान निर्माणका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ ।

नेपालगञ्जमा प्रादेशिक रंगशाला निर्माण अघि बढाइने, नेपालगञ्जमा निर्माणाधीन खानेपानी आयोजनाबाट आगामी आवबाट पानी सुरु गरिने, नेपालगञ्जलगायतका विभिन्न सहरमा ढल प्रशोधन केन्द्र निर्माण गर्ने र त्यसको लागि आवश्यक रकम छुट्याइएको बजेटमा उल्लेख छ ।

यस्तै बुटवल–कोहलपुर, कोहलपुर–वनबासा खण्ड चार लेन बनाउन विस्तृत डिजाइन सम्पन्न गरी निर्माणकार्य थालिनेभएको छ । सरकारले कोहलपुर–सुर्खेत डेडिकेटेड डबल लेनमा स्नोरन्नति गर्न बजेट विनियोजन गरेको छ । प्रदेश र स्थानीय तहको साझेदारीमा कोहलपु–नेपालगञ्जमा विद्युतीय बस सञ्चालन गरेमा थप प्रोत्साहन अनुदान दिने व्यवस्था पनि सरकारले गरेको छ ।

कोहलपुर–नेपालगञ्ज मेगासिटीको गुरुयोजना तर्जुमा गर्न अन्तर्राष्ट्रिय सहरी योजनाविद्को परामर्श सेवा लिइने भएको छ । नेपालगञ्ज विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण आरम्भ गरिने, नेपालगञ्ज विमानस्थलमा तौलिने वइङ मेसिनलगायत आधुनिक उपकरण जडान गरिने बजेटमा उल्लेख छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया