Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘अक्सिजन किन्न मेरो एक हजार अभियान’बाट २५ सिलिन्डर अक्सिजन खरिद

‘अक्सिजन किन्न मेरो एक हजार अभियान’बाट २५ सिलिन्डर अक्सिजन खरिद


दोलखा ।
‘अक्सिजन किन्न मेरो एक हजार अभियान’ सञ्चालन गरेर दोलखाका युवाहरूले २५ वटा अक्सिजन सिलिन्डर खरिद गरेका छन् । उनीहरूले खरिद गरेको सिलिन्डर बुधबार चरीकोट ल्याइएको छ । सो अभियानमा जम्मा भएको रकमले २५ वटा अक्सिजन खरिद गरेर चरीकोट ल्याइएको अभियान्ता गोकर्ण प्रसाद भण्डारीले जानकारी दिए ।

कोरोना भाइरस संक्रमणबाट तल्लो तहका नागरिकले अक्सिजन अभावमा ज्यान घुमाउनु नपरोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरेको उनले बताए । अभियानमा स्वदेश तथा विदेशमा रहेका करिब दुई सय युवाहरूले सहभागी भई रकम उपलब्ध गराएका थिए ।

समाजिक सञ्जालमार्फत दुई साता अभियान चलाएको र करिब पाँच लाख रकम जम्मा भएको उनले बताए । अक्सिजन ल्याउन लागेको ढुवानी खर्च तथा भर्ने ज्याला महँगो भएकाले थप केही रकम आवश्यक पर्ने भएको उनले बताए । त्यसैगरी १२ वटा अक्सिजनको रेगुलेटर पनि चरीकोट आइपुगेको छ । युवाहरूले चरीकोट, जिरीलगायतका अस्पतालमा सम्मानढंगले आवश्यक हेरेर अक्सिजन वितरण गर्ने बताएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया