Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधयुनिलिभर नेपालद्वारा नेपाली सेनासँगको सहकार्यमा धौलागिरि हिमालको फोहोर संकलन र प्रशोधन

युनिलिभर नेपालद्वारा नेपाली सेनासँगको सहकार्यमा धौलागिरि हिमालको फोहोर संकलन र प्रशोधन


काठमाडौं ।
युनिलिभर नेपालले नेपाली सेनासँगको सहकार्यमा धौलागिरि हिमालको फोहोर संकलन र प्रशोधन गरेको छ । युनिलिभर नेपालको ‘विश्वलाई दिगो साझा बासस्थान बनाउने’ प्रतिबद्धताको एक अंशका रूपमा ‘सफा हिमाल सफाइ अभियान–२०२१’ मा नेपाली सेनासँग हातेमालो गरेको हो ।

उक्त अभियानअन्तर्गत धौलागिरि हिमालबाट पाँच हजार २० किलो फोहोर संकलन गरिएकोमध्ये सड्ने–कुहिने तीन सय किलो फोहोर धौलागिरि गाउँपालिकालाई बुझाइएको थियो भने नकुहिने चार हजार सात सय २० किलो फोहोर पुनर्प्रशोधन (रिसाइकल) गरी व्यवस्थापन गर्ने प्रयोजनको लागि हस्तान्तरण गरिएको छ ।

फोहोरमुक्त विश्वको लागि चक्रिय आर्थिक प्रणालीका दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहँदै आएको छ । जथाभावी फोहोर फालिँदा त्यो वन्यजन्तुहरूको असामयिक मृत्युको कारक बनिरहेकोे छ, त्यसले हिमालहरूको सुन्दरतालाई नष्ट पारिरहेको छ । साथै हाम्रो विश्वको वातावरणीय स्वास्थ्यमाथि जोखिम उत्पन्न गरिरहेको छ ।

नेपाली सेनाको मुख्यालय, जङ्गी अड्डा काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले युनिलिभर नेपाललाई बधाई दिए ।

कार्यक्रममा युनिलिभर नेपालका प्रबन्धनिर्देशक अम्लान मुखर्जीले पठाएको सन्देशमा भनिएको छ– ‘प्राकृतिक संसार हराउँदै गएको छ र यो डरलाग्दो दरले क्षतिग्रस्त हुँदै गएको छ र यो अवस्थालाई उल्ट्याउनका लागि युनिलिभर नेपालले धौलागिरि हिमाल सफा गर्र्नुभन्दा राम्रो मुद्दा अर्को हुन सक्दैन अनि यसका लागि सबैभन्दा विश्वासिलो साझेदार नेपाली सेना नै हो ।’


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया