Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसिमकोटमा कुखुराको मासु आयातमा प्रतिबन्ध

सिमकोटमा कुखुराको मासु आयातमा प्रतिबन्ध


सिमकोट ।
हुम्लाको सदरमुकाम सिमकोटमा जिल्लाबाहिर नेपालगञ्ज र सुर्खेतबाट कुखुराको मासु आयातमा प्रतिबन्ध लगाइएको छ । आएकै दिन बिक्री गर्न नपाइने र तीन दिनसम्म सिमकोट विमानस्थलमा मासु राख्नुपर्ने भएपछि हवाइमार्गबाट मासु आयातमा प्रतिबन्ध लगाइएको हो ।

कोरोना संक्रमणका कारण हुम्ला जिल्लामा हवाइमार्गबाट आउने मासुलाई प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । जिल्ला कोभिड–१९ सफ्ट व्यवस्थापन तथा डीसीसीएमसीको निर्णयअनुसार हवाइमार्गबाट आएकै दिन मासु बजारमा बिक्री गर्न नपाइने र तीन दिनसम्म आएको मासु राख्नुपर्ने हुँदा मासु बिग्रिने भएकाले कोरोना संक्रमणको अवधिभर कुखुराको मासु आयातमा प्रतिबन्ध लगाइएको उनले बताए ।

हुम्लामा हवाइमार्गबाट ढुवानी भएको खाद्य तथा तरकारीलगायत सामग्रीलाई ७२ घण्टासम्म सिमकोट विमानस्थलबाटै उठाउन नपाइने नियम जिल्ला डीसीसीएमसीले बनाएको छ । अन्य सबै सामान सो अवधिपछि मात्र उठाउने गरिँदै आएको छ ।

लामो समयसम्म मासु राख्दा बिग्रिने भएको कारण मासु आयातमै प्रतिबन्ध लगाइएको हो । ७० प्रतिशत माग नेपालगञ्ज र सुर्खेतबाट आएको मासुले हुम्लामा धान्ने गर्दै आएको थियो । कुखुराको मासु आयातमा प्रतिबन्ध लागेपछि हुम्लामा मासुको समस्या हुनथालेको छ । खसी कम पाइने भएकाले हुम्लामा नेपालगञ्ज र सुर्खेतबाट कुखुराको मासु आयात हुँदै आएको हो ।

हुम्लामा कुखुराको मासु प्रतिकिलो पाँच सय ५० रुपैयाँ पर्ने गर्थ्यो । मासु आयातमा प्रतिबन्ध लागेपछि आधा दर्जन व्यवसायी मारमा परेका छन् । कुखुराको मासु आयातमा प्रतिबन्ध लागेसँगै खसीको मासुको मूल्य भने आकाशिएको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया