Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधप्लेइिङ फर चेन्ज नेपाल फाउन्डेसनद्वारा आधुनिक फोग मिसन सहयोग

प्लेइिङ फर चेन्ज नेपाल फाउन्डेसनद्वारा आधुनिक फोग मिसन सहयोग


काठमाडौं ।
प्लेइिङ फर चेन्ज नेपाल फाउन्डेसनले ललितपुर महानगरपालीकालाई आधुनिक फोग मेसिन सहयोग गरेको छ । ललितपुर महानगरपालीकाबाट सञ्चालित दुईवटा आइसोलेन केन्द्रको लागि फाउन्डेसनले दुईवटा अत्याधुनिक फोग मेसिन सहयोग गरेको हो । फाउन्डेसनका सल्लाहकार विसन्तर शाक्य, अध्यक्ष इश्वर बज्राचार्य, उपाध्यक्ष प्रविन बहादुर शाक्य तथा सदस्य सुजन बज्राचार्यले संयुक्तरुपमा मेयर चिरिबाबु महर्जन तथा उपमेयर गीता सत्याललाई फोग मेसिन हस्तान्तरण गरेका हुन् ।

फोग मेसिन हस्तान्तरणमा मेयर महर्जनले महानगरपालिकाले कोरोना महामारीको समयमा अत्याधुनिक फोग मेसिनको सहयोगले कोरोना रोकथाममा थप सहयोग हुने बताए । यो सामग्री ललितपुर महानगरको सम्पत्तिको रुपमा दर्ता हुने र यसलाई तत्काल ललितपुर महानगरपालिबाट ज्यापु समाज वृद्धाश्रम तथा खोकनामा सञ्चालित आइसोलेन केन्द्रमा पठाइने जानकारी समेत दिए ।

फाउन्डेसनका अध्यक्ष ईश्वर बज्राचार्यले मानवीय सेवाको कार्यमा संस्थाको सहयोग निरन्तर रहिरहने बताए । त्यसैगरी सल्लाहकार शाक्यले यो अत्याधुनिक फोग मेसिन केही समय पहिले ललितपुर महानगरपालिका वडा नम्बर १६ लाई पनि एक थान हस्तान्तरण गरिसकेको बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया