Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमजदुरलाई खाद्यान्न सहायता

मजदुरलाई खाद्यान्न सहायता


काठमाडौं ।
अत्यन्त गरिब, विपन्न असहाय परिवारहरुलाई खाद्यान्न सामान वितरण गरिएको छ । हजुरलाई नमस्ते परोपकारी अभियानले शनिबार राजधानीमा कोरोना पीडित उनीहरुलाई सामान वितरण गरेको हो । अभियानका संयोजन समाजसेवी ताराबहादुर कुँवरले भरिया, रिक्सा चालक, एकल महिला, किड्नी फेल भएका अतिविपन्न परिवारलाई अति आवश्यक दाल, चामल, तेल, साबुनलगायतका खाद्यान्न वितरण गरिएको हो ।

हजुरलाई नमस्ते परोपकारी अभियान एउटा समाजसेवी अभियान हो । यसले कोरोनापीडित मात्रै नभई अतिविपन्न परिवारलाई सहयोग गर्ने उद्देश्य लिएको छ । अभियानअन्तर्गत हाललाई प्रत्येक हप्ता एक/एक जना सदस्यको आर्थिक सहयोगबाट कोरोना पीडित अतिविपन्न परिवारलाई सहायता वितरण गर्ने योजना राखिएको छ । कुँवरले आफैँले पनि नियमित रुपमा कोरोना पीडितलाई सहयोग गर्दै आएका छन् ।

दोस्रो लकडाउनपछि मात्रै उनले आठौँ पटक सहायता वितरण गरिसकेका छन् । यसअघि पनि उनले पहिलो लकडाउनका बेला २७औँ हप्तामा सहायता खाद्यान्न सामग्री वितरण गरिसकेका छन् । साथै अतिविपन्न परिवारलाई उनले आवश्यकताअनुसार हरेक दिन सहायता खाद्यान्न सामग्री वितरण गर्दै आएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया