Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकालिञ्चोक गाउँपालिकाद्धारा आफ्नै लगानीमा सडक कालोपत्रे

कालिञ्चोक गाउँपालिकाद्धारा आफ्नै लगानीमा सडक कालोपत्रे


दोलखा ।
दोलखाको कालिञ्चोक गाउँपालिकाले आफ्नै लगानीमा गाउँपालिकाको मुख्य ग्रामीण सडकको कालोपत्रे गर्न सुरु गरेको छ । चालू वर्षमा गाउँपालिकाले सुनखानी–साङ्वा सडकखण्डमा चार किलोमीटर सडक कालोपत्रे सम्पन्न गरेको हो ।

गाउँपालिकाले पाँच करोड १५ लाख बजेट छुट्याएर सुनखानीको सिसागोलाइदेखि सुँगुरेसम्म सडक कालोपत्रे गरेको हो । गाउँपालिकाले पहिलो प्याकेजअन्तर्गत तीन करोड ३५ लाख रकम लगानीमा छ वडा जोड्ने मुख्य ग्रामीण सडक सुनखानी–साङ्वा सडकखण्डको सिसा गोलाइदेखी पाटा गाउँसम्म २३ सय मिटर सडक कालोपत्रे गरेको छ ।

त्यस्तै सोही सडकमा दुई सय मिटर ढलान गरेर पहिलो प्याकेजको काम सकेको कालिञ्चोक गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिए । त्यसैगरी दोस्रो प्याकेजअन्तर्गत पाटगाउँदेखि सुँगुरेसम्म करिब एक किलोमिटर सडक कालोपत्रे र पाँच सय मिटर ढलान चालू वर्षमै सकिने उनले बताए ।

दोस्रो प्याकेजका लागि गाउँपालिकाले एक करोड ८० लाख बजेट विनियोजन गरेको थियो । कालोपत्रेको काम सबै सकिए पनि सात सय मिटर सडकको ढलान भइरहेको अधिकृत ओलीले बताए ।

अघिल्लो वर्ष प्रदेश सरकारले सिङ्गो सडक कालोपत्रे गर्न बजेट छुट्याएको हल्ला मात्र गरेर अन्यत्र बजेट लगेपछि चालू वर्षमा गाउँपालिकाले आफ्नै लगानीमा सडक कालोपत्रे गर्न सुरु गरेको हो । चालू वर्षमा केन्द्र सरकारले थप सडक निर्माण गर्न ८३ लाख बजेट दिएको छ । आगामी वर्षमा केन्द्र र प्रदेश सरकारले बजेट थप गरेर सबै सडक कालोपत्रे सक्ने योजना रहेको गाउँपालिका प्रमुख इन्जिनियर नारायण शिवाकोटीले जानकारी दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया