Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभेमाथाङ पहिरोपीडितलाई सहयोग

भेमाथाङ पहिरोपीडितलाई सहयोग


सिन्धुपाल्चोक ।
हाम्रो जन्मभूमि संस्था र मानव सेवाको सहयात्री संस्थाले संयुक्त रुपमा हेलम्बुका बाढीपीडित करिब ४० घरपरिवारलाई राहत वितरण गरेको छ । हेलम्बु –७ को चनौटे बजारलगायत आसपासका ती घरपरिवारलाई एक बोरा चामल, दुई लिटर तेल, दुई किलो दाल, दुई किलो चिनी, १५ किलो चिउरा, नुन, तेल, चियापत्ती, साबुनलगायत विभिन्न सामग्री वितरण गरिएको थियो ।

उक्त संस्थाका उपाध्यक्ष गीता श्रेष्ठको संयोजकत्वमा गएको टोलीले गाउँका स्थानीय जनप्रतिनिधि वडा सदस्य जीतबहादुर तामाङ कार्यपालिका सदस्य लक्ष्मी सुनुवार स्थानीय स्वयंसेवक सोम तामाङ र प्रहरीको रोहवरमा बाढीपीडित परिवारलाई राहत वितरण गरेको हो । उक्त सामग्री वितरण कार्यक्रममा हाम्रो जन्मभूमिका संस्थाका सचिव सुमन श्रेष्ठ, सञ्चालक समितिका सदस्य नारायण श्रेष्ठका साथै संस्थाका सल्लाहकार तथा फोटोपत्रकार सागर श्रेष्ठको सहाभागिता रहेको थियो । करिब दुई लाखबराबरको रकमको राहत सामग्री वितरण गरिएको थियो । सहयात्री संस्था सिन्धुपाल्चोकमा दर्ता भएको गैरनाफामूलक सामाजिक संस्था हो ।

देशैभरि रहेका विभिन्न समस्यामा परेका नेपालीलाई सहयोग गर्दै आइरहेको छ । छोटो समयमा नै उक्त संस्थाको सामाजिक कार्य देखेर स्वदेश तथा विदेशमा रहेका नेपालीको मायाका साथ र आर्थिक सहयोग आउने क्रम जारी छ । आगामी दिनमा दीनदुःखीहरूका सेवामा अग्रस्थानमा रहेर काम गर्ने सञ्चालक सदस्य नारायण श्रेष्ठले जानकारी दिए ।

गत मंगलबार साँझ हेलम्बु गाउँपालिका–१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले मानवीय तथा भौतिक संरचनामा क्षति पु¥याएको थियो । हाल उक्त क्षेत्रमा देश तथा विदेशमा रहेका विभिन्न सामाजिक संघ÷संस्थाद्वारा सहयोग गर्ने क्रम जारी छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया