Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसुनको आयात तथा बिक्रीवितरण सुचारु गर्न माग

सुनको आयात तथा बिक्रीवितरण सुचारु गर्न माग


काठमाडौं ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनको आयात तथा बिक्रीवितरण सुचारु गर्न माग गरेको छ । महासंघका अनुसार कोभिड–१९ को नियन्त्रणको क्रममा गत वैशाख १६ गतेदेखि लकडाउन घोषणा गरिएपश्चात् व्यापार, व्यवसायलगायतका क्षेत्रहरू बन्द भएकोले वाणिज्य बैंकहरूले बिक्रीवितरण गर्ने सुनको आपूर्ति पनि बन्द भएको थियो ।

मंगलबारदेखि विभिन्न वस्तु र सेवालाई विभिन्न श्रेणीमा वर्गीकरण गरी दैनिक तालिकाअन्तर्गत तोकिएको बार र समयमा व्यापार, व्यवसाय चालू गरिएकोले सोही तालिकाअनुरूप सुन, चाँदी गहना आदि आभूषण क्षेत्र पनि चालू भएको महासंघले जनाएको छ । गहना व्यवसाय सुचारु भए पनि बैंकबाट बिक्रीवितरण हुने सुनको आपूर्तिलाई पनि पुनः सुचारु गर्नुपर्ने महासंघले जनाएको छ ।

सुनको आपूर्ति तथा वितरणको लागि सम्बन्धित निकायमा निर्देशन दिन महासंघले राष्ट्र बैंकलाई आग्रह गरेको छ । साथै साबिकमा दैनिक २० केजी सुन बिक्रीवितरण हुँदै आएकोमा लामो समयपश्चात् बजार खुलेको र निकट भविष्यमा नै प्रमुख चाडपर्वहरूको समय पनि आउने भएकोले विगतमा बिक्रीवितरण नभएको सुनको परिमाण समेतलाई मनन गर्दै दैनिक ३० केजी सुन बिक्रीवितरणको अविलम्ब व्यवस्था गर्न पनि महासंघले राष्ट्र बैंकलाई आग्रह गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया