Techie IT
×
गृहपृष्ठबिबिधनेक र एभेइरो विश्वविद्यालयबीच सम्झौता

नेक र एभेइरो विश्वविद्यालयबीच सम्झौता


काठमाडौं । शिक्षामा गुणस्तर अभिवृद्धिको लागि तथा विभिन्न देशका विश्वविद्यालयहरूबीच अनुभव आदानप्रदान तथा शिक्षक र विद्यार्थीहरूको आपसी भ्रमण अपरिहार्य रहेको तथ्यलाई मध्यनजर गरी उच्च प्राविधिक शिक्षामा अन्तर्राष्ट्रियकरण आयोजना कार्यान्वयन गर्न भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालित नेपाल इन्जिनयरिङ कलेज (नेक) र पोर्चुगलको एभेइरो विश्वविद्यालयबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

विश्वव्यापी फैलिरहेको कोभिड महामारीको कारण भौतिक उपस्थितिमा नभई भर्चुअल माध्यममा नेकको तर्फबाट कलेजका प्रचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ र एभेइरो विश्वविद्यालयको तर्फबाट प्रो–रेक्टर प्रा. डोउटोरा सान्द्रा सोआरेसले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सो दुई वर्षे आयोजनाअन्तर्गत एभेइरो विश्वविद्यालयका शिक्षकहरूले नेकमा भ्रमण गरी चार विधाहरूमा अल्पकालीन अध्यापन गराउने छन् भने आयोजनाको अर्को चरणमा नेकका शिक्षक तथा विद्यार्थीहरूले एभेइरो विश्वविद्यालय गई अध्ययन अध्यापन गराउने कार्यक्रम बनाइएको छ ।

शिक्षामा अन्तर्राष्ट्रियकरण आयोजनाको पहिलो चरणअन्तर्गत नेकका चार जना विद्यार्थीहरूले स्पेनको विश्वविद्यालयमा गई एक सेमेष्टर अध्ययन सकाई फर्किसकेको र स्पेनका एक जना शोधकर्ता नेपाल भ्रमण गरी फर्किसकेको आयोजनाका संयोजक सहप्राध्यापक दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । आयोजना कार्यान्वयनमा लाग्ने खर्च युरोपको इरास्मस प्लस कार्यक्रमबाट व्यहोरिने जनाइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया