Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसविता कपडा उद्योगको क्षमता विस्तार

सविता कपडा उद्योगको क्षमता विस्तार


काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकास्थित सिद्धीपुरमा संचालित सविता कपडा उद्योगले क्षमता विस्तार गरेको छ । विस्तारित घरेलु कपडा उद्योगको मंगलबार राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालले उद्घाटन गर्दै महिला सशक्तीकरणका लागि महिला उद्यमशीलतामा जोड दिइन् । उनले उद्योगलाई अझै विस्तार गर्दै स्थानीय गरिब तथा विपन्न महिलालाई रोजगारी प्रदान गर्न आग्रह गरिन् । महालक्ष्मी नगरपालिका मेयर रामेश्वर श्रेष्ठले महिला उद्यमशीलता प्रवर्द्धन गर्न नगरपालिकाले आवश्यक तालिमका साथै वित्तीय व्यवस्थापनका लागि सहजीकरण गर्दै आएको बताए ।

नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले महासंघले पनि महिला उद्यमशीलता प्रवद्र्धनका लागि आवश्यक सहजीकरण गर्र्दै आएको बताए । कपडा उद्योगकी प्रोपाइटर सविता सिंहले २० वर्षअघि पाँच जना कामदारबाट सुरुवात गरिएको उद्योगले हाल १६ देखि २० जनालाइ रोजगारी प्रदान गर्दै आएको बताइन् । आगामी पाँच वर्षमा उत्पादित वस्तुको निर्यात बढाएर तेब्बर पु¥याउने, रोजगारीे संख्यात्मकरुपमा वृद्धि गर्ने, स्थानीयस्तरमा उपलब्ध कच्चापदार्थको अधिकतम प्रयोग गर्ने, नेपालीपन झल्किाने नवोदित वस्तु डिजाइनको विकास गर्ने, नयाँ पुस्ता, महिला तथा ग्रामीण विपन्न समूहलाई सीप र प्रविधि हस्तान्तरण गर्दै जाने जानकारी गराइन् ।

सविता कपडा उद्योगबाट उत्पादित वस्तु स्वदेशका साथै विदेशमासमेत निर्यात हुँदै आएको छ । सिंहले हालसम्म चीन, मलेसिया, सिंगापुर, भारत, भुटान, वंगालादेश र लण्डनमा भएका अन्तराष्टिय मेलामा सहभागिता जनाएकी छिन् । सविताले गत आर्थिक वर्ष २०७७/०७८ मा वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले राष्ट्रपति महिला उद्यमशीलता विकास, वित्तीय पहुँच, टेवा र प्रविधि सहयोग कार्यक्रमअन्तर्गत प्रविधिमा दुई लाख रुपैयाँ अनुदान प्राप्त गरेकी थिइन् ।

अनुदान रकम सानो भए पनि सरकारबाट प्राप्त अनुदानले थप ऊर्जा मिलेको उनले बताइन् । कार्यक्रममा वागमति प्रदेशका सांसद माधव प्रसाद पौडेल, महिला, वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सहसचिव रोशनी श्रेष्ठ, महालक्ष्मी नगरपालिका ६ का वडाध्यक्ष वासुदेव महर्जनलगायतले पनि महिला उद्यमशीलतामा जोड दिएका थिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया