Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलोकसद्वारा वृक्षरोपण

लोकसद्वारा वृक्षरोपण


काठमाडौं । त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूद्वारा सञ्चालित गैरसरकारी संस्था ‘लोकस’ले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र कम्प्युटर विभागका विद्यार्थीहरुको संयुक्त संगठन लोकसले मंगलबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो । यसअघि लोकसको तर्फबाट प्राविधिक मेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्दै आएकोमा त्यसको दायरालाई फराकिलो पार्दै लोकस–२०२१ ले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो ।

लोकस २०२१ का अध्यक्ष आदर्श बोहोराका अनुसार विगत वर्षहरुमा सम्पन्न हुँदै आएको प्राविधिक तथा प्रशिक्षणात्मक कार्यक्रम महत्वपूर्ण कार्यक्रम भएको र यसपटक यस्ता कार्यक्रमको दायरालाई सामाजिक क्षेत्रसम्म विस्तार गर्ने उद्देश्यले यस वर्ष वृक्षरोपण कार्यक्रमसमेत समावेश गरिएको हो । आफ्नै क्याम्पस हाताबाट सुरु गरिएको वृक्षरोपण कार्यक्रमलाई बाहिरसम्म विस्तार गर्ने कार्यक्रम रहेको समेत अध्यक्ष बोहोराले बताए ।

लोकस–२०२१ का अध्यक्ष बोहोराका अनुसार इन्जिनियरिङ्गसँग सम्वन्धित तथा अन्य विविध तालिमहरु अनलाइनमार्फत सञ्चालन गर्ने क्रम चलिरहेको छ । कोरोना भाइरस संक्रमणको कारण भौतिक रुपमा कक्षा सञ्चालन गर्न असम्भव भएका कारण अनलाइन प्रविधिको प्रयोगद्वारा लोकसले तालिमको व्यवस्था गरेको हो । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया