Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधशाहिद अफ्रिदीले ईपीएलमा काठमाडौं किङ्ग्सबाट खेल्ने

शाहिद अफ्रिदीले ईपीएलमा काठमाडौं किङ्ग्सबाट खेल्ने


काठमाडौं । पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शाहिद अफ्रिदी ‘बुम बुम’ले एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौं किङ्ग्स एक्सआईको लागि खेल्ने भएका छन् । काठमाडौं किङ्ग्स ईपीएलमा भाग लिने पूर्ण अनुभवी, पूर्ण क्षमता भएको क्रिकेट टिम हो । टेलिहोल्डिंग्स प्रालिको पूर्ण अधिकार रहेको काठमाडौं किङ्ग्सले नेपाली क्रिकेटजगत्मा राष्ट्रिय सम्पदाको धनी काठमाडौं राजधानीको प्रतिनिधित्व गर्दछ ।

ईपीएलमा काठमाडौं किङ्ग्समा खेल्न लागेका शाहिद अफ्रिदीलाई संसारमा सर्वश्रेष्ठ क्रिकेट खेलाडीहरूमध्ये एक मानिन्छ । उनी आक्रामक हिटको लागि परिचित छन्, साथै उनी अलराउन्डर जो लेग स्पिन गर्नसक्ने खेलाडी हुन् । अफ्रिदी ३७ डेलिभरीमा शतक कायम गर्ने विश्व कीर्तिमानी खेलाडी हुन् । विश्वविख्यात क्रिकेटर भएको कारण अफ्रिदीलाई नेपाली क्रिकेट पारखीहरूले धेरै नै मन पराउँछन् ।

काठमाडौं किङ्ग्स टिमका मालिक तथा टेलिहोल्डिंग्स प्रालिका डाइरेक्टर रोहित गुप्ताले विश्व प्रसिद्ध क्रिकेटर शाहिद अफ्रिदी लिगमा काठमाडौं किङ्ग्सको लागि खेल्ने कुरा घोषणा गर्न पाएकोमा निकै उत्सुक तथा गौरवान्वित भएको बताए । एभरेष्ट प्रिमियर लिगका सीईओ आमीर अख्तरले शाहिद अफ्रिदीजस्ता प्रख्यात खेलाडीको आगमनले स्थानीय खेलाडीहरुलाई हौसला प्रदान साथै उनीहरुको प्रतिभाको क्षमतामा अन्तर्राष्ट्रियस्तरले बढ्ने बताए । एभरेष्ट प्रिमियर लिग आगामी २५ सेप्टेम्बरदेखि ९ अक्टोबरसम्म हुनेछ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया