Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधजिल्ला ट्राफिक कार्यालय दोलखाको राजस्व संकलनमा वृद्धि

जिल्ला ट्राफिक कार्यालय दोलखाको राजस्व संकलनमा वृद्धि


दोलखा । जिल्ला ट्राफिक कार्यालय दोलखाले राजस्व संकलनमा वृद्धि गरेको छ । ट्राफिक कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा भन्दा गत आव २०७७÷७८ मा २४ लाख रूपैयाँ बढी राजस्व संकलन गरेको हो । कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा ३३ लाख २४ हजार राजस्व संकलन गरेको थियो भने आर्थिक वर्ष २०७७/७८ मा ५७ लाख २६ हजार पाँच सय राजस्व संकलन गरेको छ । कोरोना भाइरसको कारण गरिएको बन्दबन्दीले राजस्व संकलनमा केही कमी आएको जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रमुख भानुभक्त नेपालले जानकारी दिए ।

प्रमुख नेपालका अनुसार कार्यलयले गतआवमा ट्राफिक नियम उलंघन गर्ने १२ हजार एक सय ६४ वटा साना तथा ठूला सवारीसाधनलाई कारबाही गरेको थियो । चैतअघिका महिनामा सरदरमा राजस्व उठे पनि लकडाउनको समय दुई महिनामा भने कमै राजस्व उठेको उनले प्रहरी जवान लोकेन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार गत आवको असार मसान्तसम्म एक हजार चार सय ४० वटा ट्रक कारबाही परेका छन्, जसबाट १३ लाख ५३ हजार पाँच सय राजस्व उठेको छ ।

त्यसैगरी पाँच सय ४८ वटा बसबाट चार लाख ७७ हजार पाँच सय राजस्व जम्मा भएको छ भने एक हजार नौ सय ४० वटा कार तथा जीपबाट १५ लाख ९८ हजार पाँच सय राजस्व उठेको छ । त्यस्तै ट्राफिक नियमविपरीत चलेका र नियम उलंघन गर्ने दुई सय २२ वटा ट्र्याक्टरबाट एक लाख ८५ हजार पाँच सय राजस्व उठेको छ । यसैगरि २ हजार ४ सय ५६ वटा मोटरसाइकलबाट २१ लाख ५१ हजार पाँच सय राजस्व जम्मा भएको छ भने अन्य कारबाहीबाट ५६ हजार पाँच सय राजस्व जम्मा भएको जिल्ला ट्राफिक कार्यालय दोलखाले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया