Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधस्वास्थ्य मापदण्ड पालना नगर्दा कोरोना संक्रमणको संख्यामा वृद्धि

स्वास्थ्य मापदण्ड पालना नगर्दा कोरोना संक्रमणको संख्यामा वृद्धि


दोलखा । 
दोलखामा पछिल्ला दिनमा कोरोना संक्रमित बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । स्वास्थ्य मापदण्ड पालना नगरी जथाभाबी भीडभाड गर्दा कोरोना संक्रमण फैलिँदै गएको हो । जिल्लामा न्यून पीसीआर परीक्षण हुँदा पनि दैनिक रूपमा संक्रमितको संख्याको ग्राफ बढ्दै गएको छ ।

असारको तुलनामा साउनमा कोरोना भाइरसका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालय दोलखा स्वास्थ्य प्रमुख अर्जुन पौडेलले जानकारी दिए । गत वैशाखदेखि गरिएको निषेधाज्ञा अहिले खुकुलो पारिएको कारणले पनि संक्रमितको संख्या बढेको पौडेलले बताए । उनका अनुसार बिहीबार पनि दोलखामा १९ जना कोरोना संक्रमित थपिएका छन् ।

एन्टिजेट विधिबाट ३९ जनाको नमूना परीक्षण गरिएकोमा १९ जनामा संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभर हाल तीन सय ३८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । हाल जिल्लामा सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित भीमेश्वर नगरपालिकामा रहेका छन् । भीमेश्वर नगरपालिकामा एक सय ६७ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी जिरी नगरपालिकामा १४ जना, कालिञ्चोक गाउँपालिकामा ४५ जना, गौरीशंकर गाउँपालिकामा ३ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै बिगु गाउँपालिकामा ३० जना, तामाकोशी गाउँपालिकामा २३ जना, शैलुङ गाउँपालिकामा ४ जना, मेलुङ गाउँपालिकामा ६ जना र बैतेश्वर गाउँपालिकामा ३७ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी संक्रमितमध्ये दुई हजार पाँच जना निको भएका छन् भने कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । यसैबीच दोलखामा कोरोना भाइरसविरुद्धको खोप लगाउने नागरिकको संख्या पनि दैनिक बढिरहेको छ । जिल्लाभर हालसम्म ४१ हजार जनाले कोरोना भाइरसविरुद्धको पहिलो र सात करिब हजार जनाले कोरोना भाइरसविरुद्धको दोस्रो डोजको खोप लगाएका छन् । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया