Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधआईएमई अटोमोटिभ्सलाई बेस्ट पर्फमिङ व्यापार अवार्ड

आईएमई अटोमोटिभ्सलाई बेस्ट पर्फमिङ व्यापार अवार्ड


काठमाडौं । एस्कट्र्स लिमिटेड इन्डियाद्वारा आयोजित छैठौं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आईएमई अटोमोटिभ्सलाई बेस्ट पर्फमिङ व्यापार अवार्ड प्रदान गरिएको छ । हालै इन्डियामा आयोजित एक विशेष कार्यक्रमबीच एस्कर्टसका प्रमुख कार्यकारी अधिकृत अजय मन्दाहरद्वारा विश्वभरिका एस्कर्टस डिलरसिपमध्ये आईएमई अटोमोटिभ्स नेपाललाई बेस्ट पर्फमिङ बिजनेस पार्टनरको रुपमा सम्मानित गरिएको छ ।

अघिलो वर्षमा आईएमईले गरेको मार्केट सेयरको वृद्धि, उत्कृष्ट ग्राहक सन्तुष्ट र एस्कर्टस ब्राण्डलाई नेपालमा स्थापित गर्न ठूलो भूमिका खेलेको हुनाले आईएमई अटोमोटिभ्सलाई यो अवार्ड प्रदान गरिएकोे प्रमुख कार्यकारी अधिकृतले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया