Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपरिसंघमा उद्योग समिति, बैंक तथा वित्तीय संस्था समिति र रोजगारदाता परिषद् गठन

परिसंघमा उद्योग समिति, बैंक तथा वित्तीय संस्था समिति र रोजगारदाता परिषद् गठन


काठमाडौं । नेपाल उद्योग परिसंघले उद्योग समिति, बैंक तथा वित्तीय संस्था समिति र रोजगादाता समिति गठन गरेको छ । परिसंघका राष्ट्रिय परिषद् समिति सदस्य गोकुल भण्डारीको अध्यक्षतामा उद्योग समिति गठन भएको हो । समितिको कोअर्डिनेटिङ उपाध्यक्षमा कृष्णप्रसाद अधिकारी रहेका छन् ।

समितिको सहअध्यक्षमा शरदकुमार तिवडेवाला छन् भने सदस्यहरूमा अमिरप्रताप राणा, आयुषी केसी, अमितकुमार बेगानी, अमितकुमार मोर, अमुल श्रेष्ठ, गौरव गोयल, राहुलकुमार अग्रवाल, राजीवकुमार गुप्ता, रोहित लोहिया, सिलसिला आचार्य, सुरजभक्त पौडेल, ताराप्रसाद पौडेल, तेन्जिङ जोपा लामा, वरुणकुमार तोदी र विजय दुगड रहेका छन् । समितिले औद्योगिक वातावरण तयार गर्न सरोकारवालासँग सहकार्य गर्नेछ ।

यस्तै परिसंघका राष्ट्रिय परिषद् सदस्य अनलाज भट्टराईको सभापतित्वमा बैंक तथा वित्तीय संस्था समिति गठन भएको छ । समितिको कोअर्डिनेटिङ उपाध्यक्ष रोहित गुप्ता रहेका छन् । परिषद्का सदस्यहरूमा अमित मोर, अर्पित अग्रवाल, आशिष अग्रवाल, अशोक शेरचन, वर्षा श्रेष्ठ, भेषराज दवाडी, विनोद आत्रेय, गुरु न्यौपाने, मनिष खेमका, निकोलश पाण्डे, सौरभ दुगड, दिवस न्यौपाने, अनिल शर्मा, आनन्द शर्मा वाग्ले र हिमांशु गोल्छा रहेका छन् । समितिले बैंकिङ क्षेत्र र लगानीकर्ताबीच सम्बन्ध विस्तार गर्ने काम गर्नेछ ।

परिसंघका राष्ट्रिय षरिषद् सदस्य अमित बेगानीको अध्यक्षतामा रोजगारदाता परिषद् गठन भएको छ। परिषद्को कोअर्डिनेटिङ उपाध्यक्षमा उपाध्यक्ष राजेशकुमार अग्रवाल रहेका छन् । परिसंघको सदस्यहरूमा अजयराज जोशी, अमित मोर, अर्पित अग्रवाल, मनिष खेमका, राहुल अग्रवाल र रतनलाल केडिया रहेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया