Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधआफूलाई सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

आफूलाई सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौं । आफूलाई सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै सर्जिकल सामग्री उपलब्ध गराइदिने विश्वास दिलाई नगद ४२ लाख २४ हजार रुपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका–४ बागडोल ठेगाना भएका ४२ वर्षीय सरल रानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

सरल समेतका व्यक्तिहरुले भारत पञ्जाबस्थित मिरिएड ह्योज हेल्थ केयर कम्पनीको नेपाल प्रतिनिधि हौँ तपाईँहरूलाई विभिन्न सर्जिकल सामग्रीहरू ग्लोभ्स, लेटेक्स इग्जामिनेसन ग्लोभ्स विभिन्न साइजमा एक सय प्रतिग्लोभ्स भएको प्रतिबाकस तीन सय ३० भारतीय रुपैयाँ पर्छ भनी नमूना समेत देखाई विश्वास दिलाएपश्चात् कम्पनीको जोनल मेनेजर सन्दिप थापा हुन् भन्दै निजको आर्थिक कारोबार बैंक अफ इन्डिया मालीगुडीको खातामा दुई जना पीडितलाई नगद जम्मा गर्न लगाएका थिए ।

उक्त नगद पाएपछि उनीहरुले प्रतिबाकस ५० पिस राखी साइज, परिमाण र लेवल नभएको गुणस्तरहीन सामान पठाएको र पछि सम्पर्क गर्दा सम्पर्कविहीन भई झुक्यानमा पारी उक्त नगद ठगी गर्ने कार्यमा संलग्नमध्ये रानालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया