Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधजिल्ला कारागार सोलुमा क्षमताभन्दा तेब्बर कैदीबन्दी, व्यवस्थापनमा समस्या

जिल्ला कारागार सोलुमा क्षमताभन्दा तेब्बर कैदीबन्दी, व्यवस्थापनमा समस्या


सोलुखुम्बु । जिल्ला कारागार सोलुुखुम्बुुमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । २५ जना क्षमता रहेको कारागारमा ८९ जना कैदीबन्दी राख्नुपर्दा समस्या भएको कार्यालय प्रमुख प्रसान्तकुमार महतोले जानकारी दिए । उनका अनुसार पाँच महिला र २० पुरुष गरी २५ जनाको क्षमता रहेको कारागारमा हाल एक नाबालक र पाँच महिलासहित ८९ जना कैदीबन्दी छन् ।

कैदीबन्दी खचाखच गरी बस्दा पनि नअटेपछि केही उनीहरूलाई भान्साकोठामा बस्न तथा सुत्नुपर्ने बाध्यता रहेको कारागार प्रशासनले जनाएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण सुत्न र बस्न समस्या भएको कारागार प्रमुख महतोको भनाइ छ । कैदीको संख्या थपिँदै गएपछि पछिल्लो पटक विसं २०६८ मा एउटा अस्थायी कोठाको निर्माण गरिएको थियो ।

उक्त कारागारभित्र अब थप अस्थायी कोठा निर्माण गर्न खाली ठाउँ पनि नरहेकाले समस्या भएको प्रमुख महतोले बताए । यसबारेमा सम्बन्धित निकायलाई जानकारी गराइए पनि सुनुवाइ नहुँदा समस्या बढ्दै गएको कारागारले जनाएको छ । विसं २०६४ मा निर्माण गरिएको उक्त भवनमा कैदीबन्दी त्यस समयमा क्षमताअनुसारकै भए पनि दिन प्रतिदिन बन्दीको संख्या वृद्धि भएपछि समस्या भएको बताइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया