Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधस्वास्थ्यशिविरबाट छ सय लाभान्वित

स्वास्थ्यशिविरबाट छ सय लाभान्वित


दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाको क्षेत्रपामा शनिबार राखिएको निःशुल्क स्वास्थ्यशिविरमा छ सय जना नागरिकले आफ्नो स्वास्थ्य जाँच गराएका छन् । चरीकोट अस्पतालका डाक्टर देवेन्द्र गौतमको सहयोगमा वडाले आयोजना गरेको एकदिने स्वास्थ्यशिविरमा छ सय जनाले सेवा लिएका हुन् ।

शिविरमा चरीकोट अस्पतालमा कार्यरत आधा दर्जन डाक्टरहरुले बिरामीहरुको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको चरीकोट अस्पतालका डाक्टर देवेन्द्र गौतमले जानकारी दिए । शिविरमा बैतेश्वर गाउँपालिका वडा नम्बर ७, ८ र गौरीशंकर गाउँपालिकाका केही वडाका नागरिकहरु उपस्थित थिए । डाक्टर गौतमले स्वास्थ्यशिविर पिछडिएका नागरिकहरुका लागि अत्यन्तै लाभदायक भएको बताए । स्वास्थ्यशिविरमा महिलाहरुको पाठेघरको जाँच, आँखा र दाँतको उपचारलगायतको स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो ।

यस्तै शिविरमा निःशुल्क औषधि समेत वितरण गरिएको थियो । शिविरलाई तिलगंगा आँखा अस्पताल, लालिगुराँस अस्पताल, भीमसेन डेन्टल क्लिनिकले पनि सहयोग गरेका थिए । शिविरमा सहभागी हुने बिरामीलाई डाक्टर गौतमले आठ लाखबराबरको औषधि निःशुल्क वितरण गरेको क्षेत्रपका स्थानीय युवा एवं सामाजिक अभियन्ता भरत श्रेष्ठले बताए । शिविरको गाउँपालिका वडा नम्बर ८ ले संयोजन गरेको थियो । शिविर आयोजना गर्न डाक्टर गौतमले उल्लेखनीय सहयोग भन्दै वडाले सम्मान समेत गरेको थियो । शिविरको अध्यक्षता बैतेश्वर गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष रमेश अधिकारीले गरेका थिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया