Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचार सय ५९ रुपैयाँ लुट्नेले ६० वर्षमा सजाय भोग्दै

चार सय ५९ रुपैयाँ लुट्नेले ६० वर्षमा सजाय भोग्दै


कञ्चनपुर । चार दशकअघि चार सय ५९ रूपैयाँ लुट्ने गिरोहका एक मुख्य नाइके पक्राउ परेका छन् । बेलौरीको मदिरा कम्पनी लारा डिष्टिलरीबाट अन्तःशुल्कबापतको चार सय ५९ रूपैयाँ राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्ने रकम लुटने जंगे भनिने जगतबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।

सरकारलाई तिनुपर्ने राजस्वबापतको रकम लुट्ने बेलौरी नगरपालिका २ लक्ष्मीपुरका बुढाथोकीलाई प्रहरीले पक्राउ गरी आदालत पठाएर कारागार चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १० पुष ०४० सालमा लारा डिष्टलरी बेलौरीबाट अन्तशुल्कबापतको रकम जम्मा गर्न पुनर्वास राष्ट्रिय वाणिज्य बैंकका जम्मा गर्न जाने क्रममा बीचबाटैमा बुढाथोकी समुहले लुटेर भागेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले सरकारलाई बुझाउनुपर्ने आन्तरिक राजस्वमार्फतको रकम लुट्ने गिरोहका मुख्य नाइकेलाई ३८ वर्षपछि पक्राउ गरिएको बताए ।

प्रहरी प्रवक्ता न्यौपानेका अनुसार राजस्व रकम बोकेर बैंक जम्मा गर्न हिँडेका रामजन सहनीमाथि पनि बुढाथोकी समूहले भौतिक आक्रमण गरेर रकम लुटेर फरार भएका थिए । उक्त लुटपाट मुद्दामा कञ्चनपुर जिल्ला अदालतले २५ वैशाख ०४२ सालमा जनही तीन वर्ष एक महिना १८ दिन कैद ठहर गर्दै फैसला गरेको थियो । लुटेरा बुढाथोकी समुहले उक्त मुद्दामा कैद भुक्तानी नगरेका कारण प्रहरीले अदालतको फरार सूचीमा रहेका बुढाथोकीलाई घरबाटै पक्राउ गरी कारागार चलान गरिएको हो । २२ वर्षको युवा उमेरमा बुढाथोकीले गरेको अपराध ६० वर्षको वृद्धा अवस्थामा सजाय भोक्नुपरेको छ । अपराध गरेपछि एक दिन अवश्य त्यसको सजाय भोग्नुपर्छ भन्ने यो गतिलो उदाहरण भएको छ ।

यस्तै कञ्चनपुर प्रहरीले हतियार मुद्दामा फरार रहेका दुई जनालाई समेत पक्राउ गरी आदालत पेस गरेको छ । कञ्चनपुर जिल्ला आदालतले हतियार मुद्दामा फरार रहेका शुक्लाफाँटा नगरपालिका ९ बस्ने बर्खे चौधरी, कृष्णपुर नगरपालिका ३ बस्ने ७९ बर्षीय गोपाल सुनारलाई समेत पक्राउ गरी आदालत पेस गरेको हो । चौधरीलाई २४ पुस ०७६ मा ३ वर्ष कैद र ३० हजार जरिवाना, सुनारलाई दुई वर्ष कैद र २० हजार जरिवाना तोके पनि उनीहरू दुवैले कैद भुक्तान र जरिवाना नतिरेका कारण पक्राउ गरी कारागार चलान गरिएको छ । कञ्चनपुर प्रहरीले अपराध न्यूनीकरणका लागि विभिन्न मुद्दामा फरार रहेका अभियुक्तहरूलाई पक्राउ गर्दै आदालत पेस गरिरहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया