Techie IT
×
गृहपृष्ठबिबिधप्रहरी दिवसमा मिर्गौला जाँच

प्रहरी दिवसमा मिर्गौला जाँच


काठमाडौं । ६६औं प्रहरी दिवस २०७८ को अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सोमबार आयोजित मिर्गौला रोगको आधारभूत जाँच कार्यक्रममा कुल आठ सय २६ जनाको मिर्गौला जाँच गरिएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जका प्रहरी उपरीक्षक डा. दिवा शर्मा रानाको नेतृत्वमा १३ जना चिकित्सकसहितको टोलीले उक्त प्रतिष्ठान एवं नेपाल प्रहरी संगीत विद्यालय सामाखुसीमा कार्यरत प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरू समेत छ सय ४४ जना पुरुष र एक सय ८२ जना महिला गरी जम्मा आठ सय २६ जनाको आधारभूत मिर्गौला जाँच गरेको हो ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जद्वारा आयोजित उक्त कार्यक्रममा सोही अस्पतालकी प्रहरी उपरीक्षक डा. दिवा शर्माले मिर्गौला रोग तथा यसको उपचार साथै रोगसम्बन्धी अपनाउनुपर्ने सावधानीहरुसम्बन्धी चेतनामूलक डकुमेन्ट्री प्रस्तुतीकरण गरेका थिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया